• September 18, 2026
  • विज्ञापनको लागि: ९८१०५०२४४३
WATCH NOW
Advertisement

भोटेकोसी बाढीपीडितका लागि चीनबाट दुई सैन्य कार्गो विमानमार्फत राहत सामग्री नेपाल आइपुग्यो

सप्तकोशी न्युज डेस्क, सुनसरी । भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री बोकेर चीनका दुईवटा सैन्य कार्गो विमान आइतबार बिहान काठमाडौं अवतरण गरेका छन्।

चीनबाट पठाइएको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन्। नेपाल सरकारका तर्फबाट नवप्रवर्तन मन्त्री महावीर पुनले उक्त राहत सामग्री बुझेका छन्।

भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला चीनले आवश्यक सामग्रीसहित सैन्य कार्गो विमान नेपाल पठाएको हो।

चीनबाट प्राप्त राहत सामग्री बाढी तथा पहिरो प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा प्रयोग गरिने बताइएको छ।

पछिल्लो विपद्का कारण प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिइएका बेला नेपालका छिमेकी मुलुकबाट समेत राहत तथा उद्धार सामग्री उपलब्ध गराउने क्रम बढेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement