• April 04, 2026
  • विज्ञापनको लागि: ९८१०५०२४४३
WATCH NOW
Advertisement

कोशी समुदाय युवा क्लबद्वारा न्यानो कपडा बितरण अभियान सुरु

सप्तकोशी न्यूज । कोशी गाउँपालिक वडा- ३ मा रहेको कोशी समुदाय युवा क्लबद्वारा आयोजित कपडा दान अभियान यसै कोशी गाउँपालिक वडा-०३ मा कपडा वितरण अभियान सुरु गरिएको छ  । यस क्लबले कपडा दान अभियान आर्थीक रुपमा कमजोर भएको , अपाङ्ग भएका , अनाथ लाई आवश्यकतामा आशा, मुस्कान र मनवताको आभास होस भन्ने उद्देश्य ले यस अभियान सुरु गरिएको छ । न्यानो कपडा हरुमा बल्याङ्गकेट ५० थान , टोपी , ज्याकेट २० थान , हूड्डी १७ थान  , मोजा , स्वेट सर्ट ४७ थान , भेस्ट  २० थान , पेण्ट , स्वेटर १२ थान , ट्राउजर, सारी, कुर्ता सुर्वाल १५ सेट आदि अनाथ, अपाङ्ग, बिधुवा र  अन्य लाई आवश्यकत अनुसार गरि करिब २ लाख ५० हजार बराबर को न्यानो कपडा वितरण गरिएको छ । 

"टुकि फोउन्डेसन, सुनसरी स्टार ईंग्लिश बोर्डिङ स्कुल,नेपाल नट क्राफ्ट,अन्सारी गृल उधोग, पुजा ट्रेडस एन्ड सप्लायर्स, Sams Diagnosist जस्ता  सस्थाको सहयोग मा स्थानि समाज सेवी , अग्रज , ब्यक्तिहरु , बिभिन्न क्लबको पद अधिकारी हरु , स्थानि युवा हरुको उपस्तिथिमा न्यानो कपडा बितरण अभियानमा सुरु गरिएको हो । यस अभियान मा अतुलनीय सहयोग पुर्याउनु भएकोमा  कोशी समुदाय युवा क्लब, आन्य सम्पुर्ण सहयोगी दाता हरु प्रति हार्दिक आभारि प्रकट गर्दछु र आगामी दिन हरुमा समाज सेवामा निरन्तर रुपमा लागिरहने र समाज परिवर्तनका निम्ति बिभिन्न  सहयोगी दाता संस्था सँग सहकार्य गरि सामाजिक काम गर्न लागिरहने कोशी समुदाय युवा क्लब का अध्यक्ष जेनिथ कुमार साह ले बताउनु भयो ।

सम्बाददाता : समीर चन्द्रबंशी  

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement