• September 18, 2026
  • विज्ञापनको लागि: ९८१०५०२४४३
WATCH NOW
Advertisement

भोटेकोशी बाढीमा मृतकको संख्या ९०३ पुग्यो, ४२ सयभन्दा बढी सम्पर्कविहीन

सप्तकोशी न्यूज डेक्स, सुनसरी । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ९ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लाबाट गरी हालसम्म ९०३ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन् भने २६७ जना घाइते भएका छन्।

यस्तै, विपद्मा परेका १० हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा, नुवाकोटलगायतका प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ। बेपत्ता भएकाहरूको खोजी तथा प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिइएको प्राधिकरणले जनाएको छ।

बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा जनजीवन अझै प्रभावित रहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement