आज - २९ जेठ २०८२ बिहिवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकारात्मक विचारमा रहदा लाभ रहनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। आसमर्दो कार्य बन्नाले मनमा स्फूर्ति जाग्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समय आफ्नो अनुकुल हुदा मन प्रसन्न रहनेछ। दाम्पत्य जीवनमा जीवनसाथीको सहयोग मिल्नेछ। व्यापार व्यवसायबाट लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक तथा सेवामूलक कार्यमा मन लाग्नेछ। व्यापार व्यवसायमा शुभचिन्तकको सुझाव र सन्तानको सहयोग लाभदायी रहनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आत्मविश्वासले अप्ठ्यारो चुनौतीहरू पनि सरल हुदै जानेछ। रोकिएको काममा इष्टमित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू बनाउने समय रहेको छ। पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा आफ्नो कर्तव्य निभाउनुमा आलस्य नगर्नुहोला। लगनशीलताले कार्यक्षेत्रमा सफलता दिलाउनेछ। नोकरी वा पेशामा अधिकारीहरुबाट सहयोग पाइएला। कानुन विपरीत कार्य नगर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक समस्यालाई लिएर मनमा झर्को लाग्न सक्ला। स्वास्थ्यलाई लिएर आहारविहारमा सजकता अपनाउनुहोस्। नोकरी वा पेशामा धैर्यता संगै सोच विचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा विवादास्पद कार्यको जिम्मेदारी वहन गर्नुपर्ला। नयाँ अवसर मिलेता पनि चुनौतीहरूसँग जुध्नुपर्ने समय रहेको छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिक्षा गरिएको नतिजा सबल रहनेछ। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। सरकारी र प्रशासनिक कार्यहरूमा बाधा आउनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बिछोडिएका आफन्तहरूसँग रमाइलो भेटघाट रहनेछ। नोकरी वा पेशामा मेहनतले आफ्नो सम्मान स्थान प्राप्त गर्न सक्नुहुनेछ। उद्योग व्यापारमा फाइदा हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। शेयर बाजारमा मनग्य लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ। नयाँ कार्य थाल्नुभन्दा अघि उपयुक्त समयको चयन गर्नुहोला। विद्यार्थीहरूको निरन्तर प्रयास नै सफलताको कुञ्जी हो। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
सप्तकोशी न्युज संवाददाता
काठमाडौं । आजको सेयर बजारमा २७.९ अंक बढ्यो सेयर बजार, हाइड्रोपावरमा उच्च वृद्धि भएको छ । अघिल्ला ६ कारोबार दिनसम्म घटेको सेयर बजार बुधबार भने २७.९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०५८ विन्दुमा कायम भएको छ । कारोबार रकम भने अघिल्लो दिनकै बराबर ४ अर्ब ४ करोड रुपैयाँको भएको छ ।
सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३ प्रतिशत बढ्यो । अंकका आधारमा बैंकिङ ४, विकास बैंक ४३, फाइनान्स ३०, होटल तथा पर्यटन १४७, हाइड्रोपावर ७१, जीवन बीमा ८१, उत्पादन १२३, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा २२१, अन्य २३ र ब्यापार समूह ५ अंक बढे ।
९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र पन्चकन्या माइ हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.६, भूगोल इनर्जीको ९.३, माउन्टेन इनर्जीको ८.८, सगरमाथा जलविद्युतका् ८.७, नेपाल रिपब्लिक मिडियाको ८.२ प्रतिशत मूल्य बढ्यो ।
लक्ष्मी लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो । मनकामना स्मार्ट लघुवित्तको ३.८, समता घरेलु लघुवित्तको २.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, आईएमई लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।
सप्तकोशी न्युज : धरान, असार २८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपालिकाको ऐतिहासिक अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। पार्टीको स्थानीय संरचना सुदृढ गर्दै अधिवेशनले संगठनलाई नयाँ दिशा र ऊर्जा दिने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रमुख आथित्यता गर्नु भएका पार्टीका नेता तथा संघीय सांसद अशोक कुमार चौधरीले सम्बोधन गर्दै अधिवेशनमा सहभागी सबै घण्टीमित्रहरूलाई धन्यवाद ज्ञापन गरेका थिए। उनले भने,
“अधिवेशन केवल औपचारिकता होइन, यो पार्टीको भविष्य र मार्गनिर्देशन तय गर्ने निर्णायक मोड हो। तपाईंहरू परिवर्तनको इतिहास रच्ने अभियन्ता हो।”
सांसद चौधरीले रास्वपाको मुख्य अभियान “निलो क्रान्ति” लाई स्मरण गराउँदै यसलाई गम्भीरताका साथ देशव्यापी रूपमा फैलाउन घण्टी वाहक रास्वापा कर्मीलाई आह्वान गर्नु भएको थियो।
साथै उनले“यो क्रान्ति नातावाद, भ्रष्टाचार र अकर्मण्यताको अन्त्यका लागि हो। यो भावी पुस्ताको अधिकारको रक्षा र न्यायको पुनर्स्थापनाको आन्दोलन हो।”भनेर जोड दिएका थिए।
सांसद चौधरीले पार्टीको विचार, नीति र दस्तावेजप्रति भ्रम सिर्जना गर्ने प्रवृत्ति प्रति चेतावनी दिँदै भने,
“हामी गणतान्त्रिक, लोकतान्त्रिक र वहुलवादी धारको पार्टी हौं। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, प्रदेश सभा खारेज, विज्ञसहितको राष्ट्रिय सभा, र संवैधानिक निकायहरूको पुनःसंरचना हाम्रो दस्तावेजमा स्पष्ट रूपमा उल्लेख गरिएको छ। कृपया पार्टीका आधिकारिक दस्तावेजहरू अध्ययन गर्नुस्।”
त्यस्तै अधिवेशनबाट धरान उपमहानगर पार्टी पालिका समितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ।
सभापति: सुमन श्रेष्ठ
उपसभापति: राम कार्की
सचिव: ख्यामप्रसाद फुयाल
सहसचिव: सन्दिप शाक्य
सदस्यहरू: अतुल श्रेष्ठ, तोर्णबहादुर कार्की, बनप्रसाद गुरुङ, थाङ्गा बहादुर राई, मिरा लोहार, सुनिता श्रेष्ठ, ईन्द्रबहादुर कार्की, जीवन आचार्य, मेघराज पोखरेल, मनकुमारी विश्वकर्मा
सर्वसम्मत रूपमा गठन भएको यो १४ सदस्यीय पालिका समिति पार्टीको नीति, सिद्धान्त र अभियानलाई स्थानीयस्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ गठन गरिएको छ।
अधिवेशनले संगठनलाई थप एकीकृत गर्दै, धरानमा रास्वपाको जनआधार विस्तार गर्ने लक्ष्यका साथ आगामी स्थानीय तथा संघीय निर्वाचनतर्फ अग्रसर हुने स्पष्ट सन्देश दिएको छ।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा निर्णय हुनसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ, शेयर बजारमा भने नोक्सानी होला ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रविधि मार्फत आफन्त सँग भेटघाट हुनेछ । अधुरा काम पुन: सुरु हुनसक्छ । उपहार पाइने सम्भावना पनि छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम जीवनमा मधुरता छाउनेछ । लाभदायक तथा कर्तव्य पूर्ण यात्रा पनि हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेम प्रसङ्गमा नजिक हुन सकिनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज दाम्पत्य जीवन सुखमय हुनेछ । स्वादिष्ट भोजन र परिकारको अवसर मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । अरूलाई सहयोग पनि गर्न सकिनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अरुको मन पनि जित्न सकिनेछ, तर पढाइमा बढी मेहनत गर्दा मात्र सफल भइनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामान हराउने योग छ । नयाँ ठाउँमा लगानी गर्नु पनि उचित छैन, तर कृषि व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर शेयर बजारको लगानी नोक्सानी रहला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सानातिना समस्यामा अल्झनुपर्नेछ । सरकारी निकायको भय रहला । स्वास्थ्य प्रति पनि सजग रहनु पर्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । आफन्तले राम्रै सहयोग गर्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज स्वास्थ्य जाँचको लागि अस्पताल जानु पर्ला र धन खर्च होला, तर साँझ सम्ममा शुभ समाचार सुन्न पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
बिशाल बस्नेत
महोत्तरी | मंसिर । महोत्तरीको औरहीबाट बेपत्ता भनिएका ५ जना किशोरी प्रहरीको सम्पर्कमा आएका छन् । गत दुई दिनदेखि सम्पर्कविहीन भएका उनीहरू ढल्केबरबाट सम्पर्कमा आएका हुन् ।
घरपरिवारबाट यातना दिएको हुनाले घर छाडेर हिँडेको उनीहरुले बताएका छन् । सम्पर्कमा आए पनि उनीहरुले घर फर्कन भने अस्वीकार गरेको प्रहरीले जनाएको छ ।उनीहरु घर फर्कन चाहेका छैनन, हामी मेयरका घरमा जान्छौ भनेका छन्,´ किशोरीहरुलाई उद्धृत गर्दै गौशाला प्रहरी प्रमुख मनोज यादवले भने ।
घरबाट किन यातना दिएको थियो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले यस विषयमा पनि थप अनुसन्धान गरिरहेको प्रमुख यादवले जानकारी दिए । आफूहरुलाई घर नफर्काउन अडान लिएका किशोरीहरुलाई प्रहरीले नगरको जिम्मा लगाउने तयारी गरेको छ ।
सप्तकोशी न्युज संवाददाता
नेपालगञ्ज बाँके । नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा गतवर्ष चैतमा बोलपत्र आह्वान रहेको जुङ्गे महादेव मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ । एक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनः निर्माणका लागि गतवर्ष चैतमा बोलपत्र आह्वान गरेको थियो । बोलपत्रलगत्तै काम सुरु भए पनि पुनःनिर्माणले गतिलिन सकेको छैन ।
सुरुवाती चरणमा पानी सुकाएर तालमा घाट निर्माण भए पनि निर्माण अघि बढ्न सकेन। जुंगे महादेवको मन्दिर बागेश्वरी तलाउको बीच भागमा रहेको छ । मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाइएको हो। मन्दिर र मूर्ति यथावत् राखेर प्रवेश मार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको जनाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जुङ्गे महादेव मन्दिर पुनःनिर्माणका लागि दुई करोड बजेट विनियोजन गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको बताए ।
तलाउको बीचमा रहेको मन्दिरसम्म पुग्न वर्षौँ पहिले बनाइएको प्रवेशमार्ग जीर्ण भएपछि उपमहानगरपालिकाले नयाँ निर्माण गर्न लागेको हो । “एक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको हो, घाटको काम करिब भइसकेको छ”, नगरप्रमुख विष्टले भने,“नयाँ संरचना निर्माण भएपछि मन्दिरभित्रका घाट क्षेत्र फराकिलो हुनेछ ।”
गतवर्ष निर्माणका लागि पानी सुकाउने क्रममा निर्माण सामग्री फस्ने लगायतका कारणले निर्माणमा ढिलाइ भएको उपमहानगरपालिकाका इञ्जीनीयर सुरज शर्माले बताए । प्राविधिक कारणले विगतमा ढिलाइ भए पनि अहिले निर्माण कम्पनीले काम सुरु गरेको उनको भनाइ छ ।
प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्र तालको बीचभागमा रहेको जुङ्गे महादेवको मूर्ति भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेश मार्ग रहेका कारण शिवरात्रि लगायत विभिन्न चाडपर्वका समयमा भक्तजनको धेरै भीड हुने समयमा दुर्घटनाको जोखिम रहेको थियो ।
पुनः निर्माणमा ढिलाइ हुँदा बागेश्वरी मन्दिर क्षेत्रमा आउने धार्मिक पर्यटकलाई असुविधा भएको भन्दै नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले समयसीमाभित्रै निर्माण सम्पन्न गराउन सम्वद्ध निकायले ध्यान दिनुपर्ने बताए ।
धरान, २०८२ असार २८
सप्तकोशी न्युज : वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९द्यएप्क्ष्ज्क्०, धरानद्वारा आगामी आर्थिक वर्ष २०८२र०८३ साउन १ गतेदेखि विमीत नागरिकलाई ‘प्रथम सेवा केन्द्र’को रूपमा सेवा नदिई केवल ‘प्रेषण केन्द्र’ ९च्भाभचचब िऋभलतभच० का रूपमा मात्र सेवा दिने निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी धरान उपमहानगर समितिले गम्भीर आपत्ति जनाएको छ।
नेपाल सरकार अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको नयाँ सूचीमा वि।पी। प्रतिष्ठानलाई प्रेषण केन्द्रमा राखेपछि, प्रतिष्ठानले मिति २०८२ असार २७ मा पत्र नं। ६९१०र०८१र०८२ जारी गर्दै विमीत सेवाग्राहीलाई सिधा सेवा नदिई रेफरमार्फत मात्र सेवा दिने घोषणा गरेको थियो।
उक्त निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी धरान समितिले प्रतिष्ठानका उपकूलपति श्रीमानलाई ध्यानाकर्षण पत्र मार्फत तत्काल निर्णय सच्याउन माग गरेको छ। समितिका नगर सभापति सुमन श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा धरान उपमहानगरपालिकामा कुनै सरकारी अस्पताल नभएको उल्लेख गर्दै, प्रतिष्ठानकै न्भलभचब िएचबअतष्अभ विभागलाई प्रथम सेवा केन्द्रको रूपमा प्रयोग गर्न सकिने विकल्प पनि सुझाइएको छ।
ूविमीत नागरिकलाई सेवा लिन सास्ती हुने, धरान र आसपासका जनतालाई मार पर्ने र अनावश्यक रेफरल प्रक्रिया अपनाउनुपर्ने व्यवस्था किमार्थ स्वीकार्य छैन,ू ध्यानाकर्षण पत्रमा भनिएको छ। धरान उपमहानगरको २० वटै वडाका नागरिकहरूका लागि वि।पी। कोइरालाको जीपी विभागमार्फत सेवा सहज र गुणस्तरीय हुने समितिको भनाइ छ।
रास्वपाले निम्न दुई बुँदे माग पनि सार्वजनिक रूपमा राखेको छस्
१: वि।पी। प्रतिष्ठानले ‘प्रथम सेवा केन्द्र’ र ‘प्रेषण केन्द्र’ दुवैका लागि बीमा बोर्डमा यथाशिघ्र पत्राचार गर्नुपर्छ।
२: नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले प्रतिष्ठानलाई दुवै सेवा प्रदान गर्न अनुमति दिनुपर्छ।
समितिले चेतावनी दिँदै भनेको छ—ूयदि धरानवासीको स्वास्थ्य अधिकार माथि खेलवाड गरियो भने जनस्तरबाट कडा संघर्ष गर्नेछौं।ू
यस विषयमा स्वास्थ्य बीमा बोर्ड तथा वि।पी। प्रतिष्ठानको औपचारिक प्रतिक्रिया आउन बाँकी छ।