इटहरी उपमहानगरपालिकाले ३५ दिने सूचना प्रकाशित खोला पैनी मिचेर निर्माण गरिएको भौतिक संरचना हटाउन निर्देशन

सुनसरी । इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर निर्माण गरिएको भौतिक संरचना हटाउन ३५ दिने सूचना प्रकाशित गरेको छ । 

आइतबार बसेको कार्यपालिका बैंठकबाटै निर्णय गर्दै उपमहानगरले त्यस्ता संरचना आफै हटाउनका लागि ३५ दिनको समय दिँदै यस्तो सूचना प्रकाशित गरेको हो । ३५ दिनभित्रमा पनि त्यस्ता संरचना नहाटए इटहरी उपमहानगरपालिका ३६ औ दिनबाट निर्मम तरिकाले डोजर लिएर भत्काउने कार्यमा लाग्ने इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए । 

खोला पैनीलाई मास्ने गरि बिभिन्न संरचना बनाइएका कारण पानी निकासीमा बर्षेनी समस्या आएको र बर्षेनी इटहरी डुबानमा पर्दा नगरवासी त्रासमा बाँच्न बाध्य भएकाले त्यस्ता संरचना भत्काउनुको विकल्प नै नभएको मेयर पौडेलले बताए । उनले यसअघि नगरको नेतृत्व गर्नेहरुले के गरे गरेनन् त्यो बिषय तर्फ नजाने तर अब इटहरी उपमहानगरपालिका कुनैपनि बहना, अवरोधबाट पछि नहटी त्यस्ता संरचना हटाई छाड्ने योजनामा रहेको बताए । 

टिप्पणी