इटहरी उपमहानगरपालिका–७ मा आयोजित थारु महिला सभाको चौथो अधिवेशनबाट आसमती चौधरीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन

16 December, 2025
153

इटहरी ।

इटहरी उपमहानगरपालिका–७ मा आयोजित थारु महिला सभाको चौथो अधिवेशनबाट आसमती चौधरीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ। थारु समुदायको हक–अधिकार, सामाजिक सशक्तीकरण तथा नेतृत्व विकासका विषयमा सक्रिय यस संस्थाको नयाँ कार्यसमितिका पदाधिकारीहरू सभामध्ये सौहार्दपूर्ण वातावरणमा मनोनীত भएका हुन्।

नव–निर्वाचित कार्यसमितिमा उपाध्यक्ष उषा चौधरी, सचिव अञ्जली चौधरी, सह–सचिव नैना चौधरी, कोषाध्यक्ष प्रमिला चौधरी रहेका छन्। साथै सदस्यहरूमा लिलम चौधरी, कलावती चौधरी, निमा तामाङ चौधरी, सुनिता चौधरी, सरस्वती चौधरी, सङ्गीता चौधरी, कला चौधरी, महा चौधरी, ममता चौधरी, मनिशा चौधरी तथा उषा चौधरी चयन भएका छन्।

यस्तै, नगर प्रतिनिधिको जिम्मेवारी आधा चौधरी र रसिता चौधरीले पाएका छन्।

थारु महिला सभाको यस अधिवेशनले समुदायभित्र महिला नेतृत्वलाई थप सबल बनाउने अपेक्षा गरिएको छ।यस्तै अधिबेशन कार्यक्रममा नेपाल थारु संघ इटहरीको नगर सभापति संकर चाैधरी,सुसिला चाैधरी,जीवन कुमारी चाैधरी लगायतको उपस्थिति रहेकाे थियाे ।

TAGS

टिप्पणी