विषालु च्याउ खाँदा तुले सार्कीको निधन

01 July, 2025
231

सप्तकोशी न्युज संवाददाता

जाजरकोट । जाजरकोटमा जंगलि च्याउ खाएर एक जनाको निधन भएको छ । भने एक जना सिकिस्त बिरामी भएको छ ।

बिहीबार बेलुकी जंगलबाट ल्याएको च्याउ खाँदा जिल्लाको बारेकोट गाउँपालिका ४ सार्की टोलका १८ वर्षीय तुले सार्कीको निधन भएको छ । उनकी आमा अन्दाजी ५० वर्षीया डिल्ली सार्की सिकिस्त बिरामी भएको वडा अध्यक्ष विष्णु रावतले जानकारी दिएको छ ।

उनलाई बिहानै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लीम्सामा पठाइएको अध्यक्ष रावतले जानकारी दिए ।

टिप्पणी