
सप्तकोशी न्युज संवाददाता
काठमाडौं । नेकपा एकीकृत समाजवादीर्का अध्यक्ष माधव कुमार नेपालको भनाइ, सामाजिक न्याय र समानता नपाएर सहज रुपमा मानव जीवन जिउन चुनौति पूर्ण, राजनीतिक परिवर्तन भएपनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हुन नसकेको दोहो¥याएका छन् ।
समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा नेपालले समाज, आर्थिक र सांस्कृतिक रुपान्तरणविना देश विकास सम्भव नभएको भन्दै यसमा गम्भीर हुन आवश्यक भएको बताए । उनले भने, ‘सामाजिक, आर्थिक र सांस्कृतिक यी तीन वटै क्षेत्रको रुपान्तरण विना देशले विकास गर्न सक्दैन् । हामीले परिकल्पना गरेको समाज निमार्ण गर्न सक्दैनौ । राजनीतिक परिवर्तन त भयो तर आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गर्न बाँकी छ । सोच र आँट हुनुपर्छ, असम्भव केही पनि छैन् तर सोच, संकल्प छैन भने त्यस्तोले केही गर्न सकिँदैन् ।’
त्यस्तै उनले अझै पनि सामाजिक न्याय र समानताका सवालमा धेरै चुनौति भोग्नु परेको भन्दै त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए ।
हाम्रो देशमा अझै पनि ठूलो समस्या सामाजिक न्याय, सामाजिक समानताको छ । सामाजिम न्याय र समानता नपाएर सहज रुपमा मानव जीवन जिउन नपाएर अरुबाट पीडा सहन पर्ने अवस्थामा रहनु पर्ने कारणले कसरी मानव जीवनलाई राम्रो बनाउने । ’ उनले भने ‘सुखि नेपालीको कल्पनालाई कसरी सफल पार्ने, न्याय कसरी दिने यो सन्दर्भमा धेरै पक्ष रहेको हुन्छ र त्यसमा सरोकारवाला व्यक्ति र संस्थाको ध्यान जानु आवश्यक हुन्छ ।’
उनले जनताको जीवन परिर्वतन नभएसम्म राजनीतिक परिवर्तनको कुनै औचित्य नरहेको तर्क गरे ।
‘जनताको जीवनमा परिवर्तन भएन भने जनताको जीवन सुखि हुन सकेन भने राजनीतिक परिर्वतनको कुनै अर्थ रहदैँन् । त्यसकारणले पनि कसरी जनताको हितमा काम गर्ने, जनतालाई कसरी यो देशको मालिक बनाउने त्यसको बारेमा संविधानमा त लेखेका छौँ तर त्यसलाई कार्यान्वयन गर्ने ठूलो चुनौती छ ।’ उनले भने ।
मौलिक हकमै व्यवस्था गरिएका कतिपय सवाल समेत व्यवहारमा ल्याउन नसकिएको भन्दै उनले विकासको लहर ल्याउन विदेश जाने युवाहरुलाई रोक्न जरुरी रहेको बताए । ‘हामीले शिक्षा, स्वास्थ्य र रोजगारी जनताको मौलिक अधिकार हो भनेका छौ । तर त्यही कुराहर राज्यले उपलब्ध गराउन सकेको छैन् । रोजगारीको अभावमा युवाहरु विदेश जाने लहरमा छन् । देशमा कसरी विकासको लहर कसरी ल्याउन सकिन्छ त्यो महत्वपूर्ण कुरा हो । विगतमा भएको कमि कमजोरीहरुलाई स्विकार गर्ने हो भने भविष्यमा त्यो गल्ती दोहोरिदैँन् ।’
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी