दुहबी नगरपालीका ६ मा सडक कालोपत्रे गर्ने कार्य तिब्रगतीमा

01 July, 2025
475

सप्तकोशी न्युज संवाददाता  

सुनसरी दुहबी । दुहबी नगरपालीका वडा नम्बर ६ का  सडकहरु धमाधम कालोपत्रे गर्ने कार्य तिब्र गतिमा अगाडि बढिरहेको छ । ओम शान्ति भवन देखि दक्षिण तर्फको २६० मिटर लम्बाइ र ७ मिटर चौडाइको सडक  कालोपत्रे  भएको छन् । दुहबी नगरपालीकाको  ७० लाख लागतमा बँगलामुखि निर्माण सेवाले उक्त कार्य गर्ने  जिम्मा पाएको थियो । वडा नम्बर ६ का अध्यक्ष घनश्याम हलुवाइका अनुसार उक्त वडामा सडक बिस्तारको कार्य आफु  अध्यक्षमा निर्वाचित भए लगत्तै देखि  पहल गरि धेरै सडकहरु कालोपत्रे र आर सि सि ढलानका कामहरु गर्न सकेको बताएका छन ।   

बाकी काम सडक बिस्तार गर्न निरन्तर आफ्नो कार्यकाल भरि लाग्ने र वडालाइ सडकयुक्त, धुलोमुक्त बिकसित वडामा रुआन्तरण गर्ने लक्ष रहेको उनले बताएका छन् । आज वडाको निर्माणाधिन सडकको निरिक्षण गर्न प्रमुख प्रशासकीय  अधिकृत राजकुमार केसी इन्जिनियर हरु र घन्श्याम हल्वाइको  टिम कार्यक्षेत्रमा पुगेको थियो । संवाददाता शुल्भ

टिप्पणी