केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

29 October, 2025
328

सप्तकोशी न्युज संवाददाता

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरिइएको छन् । ब्युरो (सीआईबी)ले हिजो आफना पार्टीका सांसद सुनील शर्मा पक्राउ गरे पछि सो पार्टीका नेताहरु भने सशंकित हुन पुगेका छन् ।

पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रुपमा प्रस्तुत हुँदै आएका सांसद शर्मालाई झन्डै ३० बर्ष अघिको नक्कली सर्टिफिकेट प्रकरणमा हाल पक्राउ गरे पछि सत्तारुढ कांग्रेसका नेताहरु नै सशंकित हुन पुगेका हुन् ।

कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सो पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरुलाई प्रोत्साहन गरेको त होइन? भन्ने आशंका ब्यक्त गरेका छन् । भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण(पत्र बारे को छानबिन ‘अपरेशन क्वाक’ ले ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्‍यो र छाड्यो, त्यही केस हाल आएर सिआईवी ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनील शर्मालाई पक्राउ गरेको छ,’ केसीले सामाजिक सञ्जालमा भनेका छन्, ‘संसदमा सुन तस्करी काण्ड विरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुनः युद्धस्तरमा ताते को होरु या संयोग मात्र होरु यो गम्भीर र आम चासोको विषय बनेको छ ।’

टिप्पणी