इटहरीको खनारमा आँखा कान जाँच शिबिर सम्पन्न

01 July, 2025
363

सप्तकोशी न्युज संवाददाता

इटहरी खनार । खनार सिटी स्वास्थ्य सेवा प्रा. लि. ले आफनो सेवा केन्द्रमा शनिवार आँखा र कान निशुल्क जाँच गरेको छ । 

बिहान १० बजे देखी ३ बजे सम्म बिरामीले निशुल्क जाँच सेवा प्राप्त गरेका छन् । 

विराटनगर आँखा अस्पताल रानीका  नेब सहायक  सबिना अर्यालको नेतृत्वमा ७ जनाको प्रविधिक टोलीले सेवा प्रदान गरेको थियो ।

कानको जाँच कान सहायक जितेन्द्र रायले गरेका थिए ।

आँखा जाँच गर्दा बिरामीमा देखिएको मोतिया बिन्दुको निशुल्क अपरेसन विराटनगर आँखा अस्पताल रानीले गरी दिने नेब सहायक सबिना अर्यालले बताए की छिन् ।

आँखा जाँचको क्रममा आँखामा लगाउने औषधी चश्मा वितरण गरिएको थियो । 

साथै बिरामीलाई प्रदान गरिने झोल दवाई  खनार सिटी स्वास्थ्य सेवा केन्द्रले निशुल्क उपलब्ध गराएको स्वास्थ केन्द्रका राम कुमार यादवले जानकारी दिएका छन् ।


टिप्पणी