लिम्बु जातिको तेह्रथुममा च्याब्रुङ नाच लोप हुँदै

01 July, 2025
200

सप्तकोशी न्युज संमवाद्दाता

तेह्रथुम । च्याब्रुङ नाच पुस्तान्णन्त्र हुन नसक्दा लिम्बु जातिको मौलिक संस्कृति बोकेको लोप हुने अवस्थामा पुगेको छ ।

जुन विवाह,पर्व,उत्सव,घरपैचो जस्ता शुभकार्यहरुमा बजाउदै नाच्ने गर्छ । लिम्बु जातिको चिनारीको रुपमा रहेको सास्कृतिक बाजा च्याब्रुङ हो । झन्डै मादल जस्तै ठूलो काठको ढुंग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने यो बाजामा खरीको प्रयोग गर्दैन ।

 लिम्बु थाक्थुङ जातिको मुख्य सम्पदाको रुपमा रहेको च्याब्रुङ नाच पछिल्लो समय लोप हुने अवस्थामा छ । च्याब्रुङ नाच लिम्बू समुदायको प्रचलित नाच हो । यो नृत्यमा कुखुराको भाले, परेवा, मयूर, ढुकुर, कोइली, भँगेरा, सर्प, पुतली, दुम्सी, मृग, बाँदरजस्ता जीवजन्तुको हाउभाउको अनुकरण गर्छ ।

च्याब्रुङ नाच्ने र मुन्धुम गाउने अग्रजहरु पाका भईसकेको नयाँ पुस्ताले बेवास्ता गरेका कारण संस्कृती लोप हुने अवस्थामा पुगको आठराई त्रिबेणी गाउपालिका ४ का अमृता साँवा बताउछ ।

सभ्यता संस्कृति बोकेका बाजा र नाचको उचित संरक्षण र प्रर्वद्धन गरेर मौलिक पर्यटनको बिकास गर्नु पर्ने उहाँहरूको माग छ ।

TAGS

टिप्पणी