बराहक्षेत्र नगरपालिका चक्रघट्टीमा ड्रेन निर्माणमा चित्त नबुझेर विवाद

01 July, 2025
477

सप्तकोशी न्युज संवाददाता

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका चक्रघट्टीमा ड्रेन निर्माणमा चित्त नबुझेर विवादमा छन् ।

खास गरेर बराहक्षेत्र नगरको स्तरोन्नति र विकास गर्ने क्रममा गरिएको कामहरुको प्रक्रिया, पद्दतिमा एकरुपता भएन भन्नेमा बराहक्षेत्र विवादमा तानिएको हो । 

चक्रघट्टी बजारको सौन्दर्यकरण बढाउने क्रममा निर्माणाधिन ड्रेनले बराहक्षेत्र नगरपालिका विवादमा तानिएको हो । वडा नं। ६ स्थित महेन्द्र गेटदेखि बसपार्कसम्मको ड्रेन निर्माण गर्ने कार्यको विषयमा  चित्त नबुझेर स्थानीयबासीहरु मंगलबार अनसन बसे । उनीहरुको माग थियो ड्रेन निर्माण गर्दा किन एकरुपता बनाइएन । कतै ६५ त कतै ८५ फुट किन गरियो भन्ने उनीहरुको मूल प्रश्न छ । मापदण्डमा एकरुपता ल्याउदा हुने क्षति व्यहोर्न सकिने तर पक्षपातपूर्ण तौतरिकाले गरिएका काममा क्षति हुन नदिने ठम्याईका कारण अनसन बसेको बताउँछन् । 

यद्यपि उनीहरुले ब्यानरमा भने अत्याचार विरुद्धको अनसन भनेर लेखेका छन् । र उक्त ड्रेन निर्माणमा पक्षपत हुनुले पनि अत्याचार भएको उनीहरुको बुझाई रहेको छ । 

टिप्पणी