नापतौलका लागि निकालिएको पशुपतिको जलहरी आज पुनस्थापना गरिँदै

01 July, 2025
257

सप्तकोशी न्युज डेक्स

काठमाडौं । पशुपति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि निकालेको पशुपतिनाथस्थित ज्योर्तिलिङ्गको जलहरी बुधबार पुनस्थापना गरिने भएको छ । 

जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तरबारे विवाद भएपछि अख्तियारको टोलीले गत आइतबार जलहरी निकालेर छानविन गरेको थियो ।

भारतको कर्नाटकबाट आएका भास्कर भट्टको टोलीले तीन दिनसम्म विशेष क्षमा पूजा गरिरहेको र पुजा सकिएपछि जलहरीको पुनस्थापना गरिने छ ।

जलहरी जडानका लागि आवश्यक पर्ने लाहा पनि भारतबाट आइसकेको छ ।

मंगलबार राती भारतको बैंगलोरबाट ४० किलो लाहा नेपाल आइपुगेको हो ।

TAGS

टिप्पणी