समाजवादी मोर्चामा सहभागीता हुँदै एमसीसीविरुद्ध आन्दोलनको घोषणा गरे

01 July, 2025
269

सप्तकोशी न्युज संवाददाता

काठमाडौं । समाजवादी मोर्चामा सहभागीता जनाउँदै एमसीसीविरुद्ध आन्दोलनको घोषणा गरेको छ । चलनचल्तीमा एउटा कथन निकै प्रख्यात छ, ‘एउटै म्यानमा दुईवटा तरबार अट्दैन’ । तर नेपालको राजनीतिमा यो कथनको ठिक विपरीत विप्लव नेतृत्वको नेकपा यात्रारत छ ।

अमेरिकन सहयोग परियोजना (एमसीसी) बुधबारदेखि कार्यान्वयन भइसकेको छ । सरकारले एमसीसी परियोजना लागू हुने क्षेत्रमा स्थानीयको जग्गा अधिग्रहण गर्ने बारे प्रक्रिया थालिसकेको छ ।

व्यापक विरोधका बाबजुद सदनबाट पारित भए कार्यान्वयन भएको एमसीसी परियोजनाको अझैपनि कतिपय राजनीतिक दलहरुले आपत्ति जनाइरहेका छन्। उनीहरुले एमसीसी राष्ट्रहित विपरीत रहेको बताउँदै सडक संघर्षमा केन्द्रित बनेका छन् ।

यस्तै चार दल सम्मिलित समाजवादी मोर्चामा आवद्ध विप्लव नेतृत्वको नेकपाले पनि एमसीसी विरुद्ध आन्दाृेलनका कार्यक्रम घोषणा गरेको छ । आज शुक्रबार बसेको स्थायी समितिको बैठकले चरणबद्ध रुपमा एमसीसीको विरोध गर्ने निर्णय गरेको छ ।

एकातिर सत्तारुढ चार दलीय मोर्चामा रहँदै वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारको प्रशंसा गर्दै देश दौडाहामा हिँडेका नेकपाका महासचिव विप्लवले एमसीसीको विरोधस्वरुप आन्दोलन घोषणा गनु आफैंमा द्वैध चरित्र र विरोधाभाष कदम तय गरेका छन् ।

राजनीतिक यात्रा दुरगामी दृटिकोण र उद्देश्यबाट प्रेरित भएर गरिने कार्य हो । यो क्षणिक लाभ हानिको विषय होइन। आफ्नो विचार दृष्टिकोणप्रतिको प्रतिवद्धता नै इमान्दार राजनीतिकर्मीको परिचायक हो । तथापि विप्लवले क्षणिक फाइदाको लागि आफ्नो अडान कायम राख्न सकेका छैनन् ।

एकातिर दाहालसँगको सामिप्यता गुम्न नदिन उनको पार्टीको महासचिव बन्ने लालसाले समाजवादी मोर्चाका कार्यक्रममा सरिक बन्नुपर्ने स्थ्तिि छ ।

अर्कोतिर क्रान्तिकारिता प्रदर्शित गर्दै राष्ट्रवादी छवि जोगाउन एमसीसी विरोधीका रुपमा सडक आन्दोलनमा होमिनुपर्ने बाध्यात्मक अवस्था छ ।

राजनीतिक अकर्मण्यताको सिकार बनेका उनको आगामी रणनीति दाहाल नेतृत्वको पार्टीमा समाहित हुने महत्वकांक्षा पलाएको देखिन्छ । यद्यपि उनले महासचिवको दाबी सार्वजनिक रुपमा गरेका छैनन् ।

तर, पार्टी एकताबारे मुख खोलिसकेका छन् । त्यसका लागि उनले आफ्नो बचाउका लागि वर्तमान अवस्था संकटपूर्ण रहेको संज्ञा दिँदै सबै कम्युनिष्ट मिल्नुपर्ने उनको तर्क छ ।

माओवादीबाट विभाजित भएर नौ वर्षसम्म अलगै रहेका उनले आफ्नो पार्टीको यथोचित गति प्रदान गर्न नसकेको अन्योलतापूर्ण परिस्थितिले पार्टीका इमानदार कार्यकर्ताहरु लाखापाखा लागि सकेका छन् ।

गएको स्थानीय निर्वाचन उपयोगको विषयमा विवाद हुँदा उनका पार्टीका नेताहरुले असहमति प्रकट गर्दै अलग भएका थिए । संसदीय व्यवस्थाको विकल्पमा खडा गरिएको भनिएको उनको दलले स्थानीय निर्वाचनमा भाग लिन मरिहत्ते गरेपछि पार्टीका शीर्ष तहमा रहेका नेताहरु अलग भएका हुन् ।

धर्मेन्द्र बास्तोला कञ्चन, हेमन्तप्रकाश वली सुदर्शन, इश्वरी दाहाल असारे काका, उदयबहादुर चलाउने दीपक लगायतका नेताहरु उनीसँगै विद्रोह गरी मोहन वैद्य नेतृत्वको पार्टीमा समाहित भएका छन् ।

अहिले उनको दल सत्तारुढ समाजवादी मोर्चामा सामेल हुँदै गैरसंसदीय चरित्रका वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, विश्वभक्त दुलाल आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपासँग पनि सडक आन्दोलनमा सक्रियता देखाएको छ ।

सत्तारुढ र संसदीय व्यवस्था विरोधी दलसँगको अस्वभाविक मोर्चाबन्दी विप्लवले कायम गरेका छन् । विप्लवको पार्टीबाट विद्रोह गरेर हाल वैद्य नेतृत्वको क्रान्तिकारी पार्टीमा रहेका नेता हेमन्त प्रकाश वलीले विप्लवमा आएको संसदवादी रुझानले अवसरवादी प्रवृत्ति हाबी भएको बताउँछन् ।

उनले यस्तै प्रवृत्ति गत स्थानीय निर्वाचनमा यस्तै रवैया देखाएकाले उनीसँग अलग्गिएको जनाए । विप्लवमा अवसरवादी प्रवृत्ति व्याप्त भएर द्वैध चरित्र हावी भएको उनले बताए ।

उनले भने, ‘विप्लवजीमा संसदवादी र अवसरवादी प्रवृत्ति देखियो । यो सुहाउने प्रवृत्ति होइन । उनले माक्र्सवादको आधारभूत मान्यतामा पनि प्रश्न उठाउनुभएको छ। त्यसैले अहिले अवसरवादको चरम अवस्थामा उहाँ पुग्नुभएको छ ।’

उनले विप्लव घोषित रुपमा संसदीय राजनीतिमा अवतरण गरेको जिकिर गरे । विप्लवले सत्तारुढ दलसँगको समाजवादी मोर्चा परित्याग गरेपछि मात्रै आफूहरुको सडक मोर्चामा सामेल गराउने अन्यथा सहयात्रा गर्न नसकिने उनले प्रष्ट्याए । यदि सत्तारुढ दलसँग सहयात्रा जारी राखे विप्लवको दाहोरो भूमिकासँग सहकार्य गर्न नसकिने उनको भनाइ छ ।

नेता वलीले भने, ‘उहाँ एकातिर सरकारी मोर्चामा सामेल भएर हिँड्नु भएको छ । जसले एमसीसी पारितदेखि कार्यान्वयसम्म मूल भूमिका खेलेको सरकारको प्रतिरक्षक बनेर सडमा आउनु विरोधाभाषपूर्ण हुन्छ । हामीले सत्तारुढ दलसँगको मोर्चा परित्याग गरेपछि मात्रै सडक मोर्चामा आउन सचेत गराएका छौं ।’

विप्लवले समाजवादी मोर्चाबाट बाहिरिएपछि मात्रै सडकमा सहकार्य गरिने उनले बताए । विप्लवको द्वैध र अवसरवादी चरित्र एमसीसी विरुद्ध सडक संघर्ष गरेका दलहरुलाई स्वीकार्य नहुने उनले चेतावनी दिए ।


टिप्पणी