६० वर्षको उमेरमा बने अभिनेता आशीष दुलहा

01 July, 2025
177

सप्तकोशी न्युज संमवाद्दाता

एजेन्सी ।आशीषले असम राज्यकी रुपाली बरुआसँग बिहीबार विवाह गरेका हुन् । भारतीय अभिनेता आशीष विद्यार्थी ६० वर्षको उमेरमा दोस्रो पटक दुलहा बनेका छन् । उनीहरुको अदालती विवाह भएको हो । भारतीय सञ्चार माध्यमका आनुसार रुपाली फेसन विजनेशमा आबद्ध रहेकी छन् । आशिषले जिन्दगीको यो विन्दूमा विवाह गर्नुलाई ‘एक्स्ट्रा(अर्डिनरी फिलिङ’को रुपमा ब्याख्या समेत गरेका छन् ।

आशीषको पहिलो विवाह राजोशी बरुआसँग भएका थिए । वर्षौं पहिले सम्बन्धविक्षेद गरेका उनीहरुको एक छोरा छन् । नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका राष्ट्रिय अवार्ड विजेता आशीषले फिल्म ‘द्रोहकाल’बाट बलिउडमा डेब्यू गरेका थिए ।

आशिषले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन् ।

TAGS

टिप्पणी