राजकीय सम्मानका साथ पशुपतिमा गरियो एमाले नेम्वाङको अन्त्येष्टि

01 July, 2025
400

सप्तकोशी न्युज डेक्स 

सुनसरी । संविधानसभाका पूवअध्यक्ष सुवास नेम्वाङको बिहीवार राजकीय सम्मानका साथ अन्तेष्टि गरीएको छ । पशुपति आर्यघाटमा बिहीवार दिउँसो १ बजेको समयमा छोराहरु मिङ्सो र सुहाङले दागबत्ती दिएर अन्तेष्टि गरिएको हो ।

नेम्वाङलाई पशुपति आर्यघाटमा प्रधानमन्त्रीलगायत नेताहरूले अन्तिम श्रद्धाञ्जली दिएका छन् । बिहीवार मध्यान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओडाएर राष्ट्रिय सम्मान व्यक्त गरेका थिए ।

नेपाली सेनाको टुकडीले आर्यघाटमा सलामी दिएको छ । अन्तेष्टिको बेला सेनाले सैनिक मञ्च टुँडिखेलमा तोप पड्काएर सम्मान व्यक्त गरेको थियो । सरकारले नेम्वाङको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो ।

पूर्वसभामुख नेम्वाङको ७१ वर्षको उमेरमा सोमवार राति २ बजे निधन भएको थियो । छोराहरू विदेशमा रहेका कारण ढिलोगरी उनको अन्तेष्टि गरिएको हो ।

टिप्पणी