इजरायलबाट नेपाल वायु सेवा निगमको विमानबाट २५० जना नेपाली स्वदेश फिर्ता

01 July, 2025
347

सप्तकोशी न्युज डेक्स 

इटहरी  । युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् ।

नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अवतरण हुने छ । आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले बताउनुभयो ।नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन् ।

नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल जानुभएको छ ।त्यहाँ उहाँले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उहाँको सचिवालयले जनाएको छ ।

टिप्पणी