मनाङ एयरको हेलिकप्टर दुर्घटना

01 July, 2025
366

सप्तकोशी न्युज डेक्स 

सुनसरी । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको ९एन–एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको हो । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको बताइएको छ ।हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उहाँलाई ह्याम्स हस्पिटल ल्याइँदैछ ।


टिप्पणी