
सप्तकोशी न्युज डेक्स
काठमाडौं । काठमाडौँ महानगरपालिकाले उच्च माविहरुसँग आगामी शैक्षिक सत्रको शुल्कको बिवरण मागेको छ ।
एसईईको नतिजा सार्वजनिक हुने र कक्षा ११ मा भर्ना गर्ने मिति नजिकंदै गर्दा महानगरपालिकाले महानगरभित्र संचालनमा रहेका कलेजहरुसँग शुल्को बिवरण मागेको छ ।
महानगरपालिकाले सोमबार सूचना जारी गर्दै सबै निजी उच्च माध्यामिक विद्यालयहरुलाई यही असार मसान्तसम्म कुन–कुन शीर्षकमा कति शुल्क लिने हो उक्त विवरण पेस गर्न निर्देशन दिएको छ ।
शिक्षा ऐन २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहितको विवरण उपलब्ध गराउन पत्रमार्फत आग्रह गरेको छ । काठमाडौं महानगरपालिका भित्र पाँच सय २० वटा निजी विद्यालय सञ्चालनमा छन् । निजी विद्यालयहरुले मनपरी शुल्क लिएको गुनासो आएपछि महानगरपालिकाले आफ्नो अधिकारको प्रयोग गर्दै शुल्कको बिवरण मागेको छ ।
ऐनले दिएको अधिकार प्रयोग गर्दै महानगरपालिकाले पहिलो पटक माध्यमिक तहका कक्षा ११ र १२ को शुल्क निर्धारण गर्न लागेको हो । विद्यालयहरुले आफ्नो शुल्क विवरण प्रत्येक वर्ष महानगरमा पेस गर्नुपर्ने भए पनि धेरै विद्यालयहरुले नियम पालनामा अटेर गर्ने गरेका छन् ।
तोकेको समयसीमा शुल्क विवरण उपलब्ध नगराउने विद्यालयलाई अनुगमन गरी नियमअनुसार कारबाही गरिने पनि सूचनामा उल्लेख छ । महानगरपालिकाको निर्देशनका आधारमा निजी विद्यालयहरुले यस पटक पूर्ण रुपमा दश प्रतिशतको छात्रवृत्ति उपलब्ध गराएको र त्यसबाट १३ हजार विद्यार्थी लाभान्वित भएको महानगरपालिकाको दाबी छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी