गाउँ घर रित्तिए : विदेशिनु वाध्यता

12 July, 2025
1448

इटहरी । अस्ति  गाउँको हरी गयो बिदेश, हिजो राम गयो , आज माईला बाको छोरो गयो , भोलि सीता जाँदै छिन रे , पल्ला घरको भाईको नि भिसा लाग्यो  रे । मामाको छोराले नि १२ सक्यो रे  उस्ले नि आएल्स गर्दै छ रे । गोपलको त एउटा महेन्द्रपुलमा कपडा पसल थियो त्यो पनि बेचेर जापान गयो रे ।

अलि अलि नेपालमा भएकाहरु नि नेपालमा केही छैन जाने त  बिदेश नै हो यार  भन्ने अवस्थामा आई सकेका छ्न ! 

 यसरि नै आज भन्दा भोलि , भोलि भन्दा पर्सि रित्तिदै छ्न गाउँ , सहर , बस्ती, कलेज........

 गाउँ घर तिर बिदेशको कुरा वाहेक अरु कुरै हुन छाडी सकेको छ ।

कहिलेकाही बजारबाट गाउँ घर  तिर गयो चारै तिर सुनसान छ । आफू सँग बाल्यकालमा खेल्ने साथी सबै विभिन्न सिलसिलामा विदेश पुगी सकेका छन। हिजोका साथी , दाई , भाइ , दिदी बहिनी कोहि पनि गाउँमा छैनन् ।

गाउँमा भएका त्यही बुढा  बा,  आमा , हजुर बा , हजुर आमा , वाहेक अरु भेट्नै मुस्किल पर्छ अचेल । हिजो गाईभैंसी पालेर बसेका हर्के दाई पनि फेरि कतार तिर गएछ्न । गाउँघर तिर दाइ , भाईहरु डाक्टर , ईन्जिनियर पढेका  थिए सबै बिदेश तिर  गएछ्न ।

सरकार अर्को कुरा त  के छ भने  विवाह गरम भने  केटी पाउन मुस्किल पर्यो । यस्ता नेपालमा बस्ने केटासँग पनि  विवाह गर्छ र? बरु अष्ट्रेलिया गएका केटासँग लभ  गरेर भएपनि बिदेश जसरी नि जानी हो भन्ने जमात बढ्दो छ।बिचरा ती हरिकृष्ण दाइ बल्ल तल्ल ४ बर्ष  लगाएर लोक सेवामा दिन रात नभनि नाम निकाले तर ३ बर्ष  भयो केटी  खोज्न हिंडेका आज सम्म बिवाह हुन  सकेकाे छैन ।

सरकार म त झन बेरोजगार , केही  गरेको छैन ,  केहि छैन । स्नातक बल्ल तल्ल सके, बाटो तिर निस्कियो, तँ पनि जा यसरी हलिएर नहिड भन्ने मानिसको कमी छोइन यहाँ।

हेर त फलानोको छोराले कति प्रगति गरि सके! तँ भने नेपालमा के छ र बसेकाे छस् , गैइहाल नबस भन्छन् । हुन पनि हो , मेरो ब्याचका साथिहरुले सबैले घर घडेरि किनेर विवाह गरेर सेटल भएर बसि सकेका छन्। 

उता सरकार भने कुनै भाउजूलाई  छोए  आगो लागाईदिन्छु भन्छ । को सग गठबनधन  गरेर सरकार टिक्छ भन्नेमा नै पिर छ ।

अब पनि नसोच्ने हो भने  सरकार , कि मलाई  बुढो मान्छे बनाई दे , हैन भने तिमिलाई कर तिर्ने रेमिट्यान्स  बाहेक केही हुँदैन ।

टिप्पणी