
सप्तकोशी न्युज संवाद्दाता
काठमाडौं । सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ३३ बुँदे ज्ञापनपत्र बुझाउँदै नेपाल विद्यार्थी संघले विश्वविद्यालयको कुलपति राष्ट्रपति हुने व्यवस्था गर्न माग गरेका छ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयहरुका कुलपति राष्ट्रपति राख्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छ ।
विश्वविद्यालयमा राजनीतिकरण हुन नदिन पनि भारतमा जस्तै नेपालमा पनि राष्ट्रपति कुलपति हुने व्यवस्था गर्न सरकारसँग माग गर्नु परेको संघका अध्यक्ष दुजाङ शेर्पाले बताए ।
त्यसैगरी संघले विश्वविद्यालयको पदाधिकारी योग्यता, क्षमता र कार्ययोजनाको आधारमा नियुक्ती गर्न पनि सरकारलाई सुझाव दिएका छ । ज्ञापन पत्रमा सडक, हवाई, यातायात, स्वास्थ्य र मनोरञ्जनका क्षेत्रमा विद्यार्थीहरुलाई ४५ प्रतिशत सहुलियत प्रदान गर्नुपर्ने, परीक्षा प्रणालीलाई समयमै सम्पन्न गर्नुपर्नेलगायतका मागहरु पनि समावेश गरिएका छ ।
संघले ११ महिनादेखि रिक्त त्रिभुवन विश्वविद्यालय शिक्षा सेवा आयोगको अध्यक्ष तत्काल नियुक्त गर्न, संघीय शिक्षा ऐन तत्काल ल्याउन, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

सरकारको निर्णयप्रति चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सन्तोष परियारको आपत्ति
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी