झुम्का चतरा नहर खण्डमा डुबेर १९ बर्षीय चाैधरीकाे मृत्यु

03 September, 2025
2819

सप्तकोशी न्युज डेक्स 

इटहरी   । झुम्का चतरा नहर खण्डमा इटहरी-१९ का अान्दाजी १९ बर्षीय अनिष चाैधरीकाे नहरमा डुबेर मृत्यु भएकाे छ । शनिबार (हिजो) साझ ५ बजे तिर पाैडी खेल्ने क्रममा इटहरी-१६ पाेखरियाकाे नयाँ झुलुङे पुल नजिक डुबेर मुत्यु भएकाे इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएकाे छ । शनिबार डुबेर हराएको चाैधरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले खाेजी कार्य गर्दा अाइतबार (अाज) विहान फेला पारिएकाको थियाे । मृतक चाैधरीलाई पाेष्टमाटकाका लागि अस्पताल लगिएकाे छ ।

टिप्पणी