बराहक्षेत्र - ७ का तिर्थ बहादुर तामाङको घरमै भर्याङबाट लडेर निधन

इटहरी ।  बराहक्षेत्र नगरपालिकामा भर्याङ बाट  लडेर एक जनाको निधन भएको छ । 

बराहक्षेत्र ७ का तिर्थ बहादुर तामाङको साँझमा घरमै भर्याङबाट लडेर उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ । मादक पदार्थ सेवन गरी  चढ्ने क्रममा लडेर टाउकोमा गम्भिर चोट पटक लागेर  घाइते भए पछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान पु¥याए पनि थप उपचारका लागि पुनः विराटनगरस्थित नोबेल अस्पताल पु¥याइएको थियो । सोही उपचारकै क्रममा निजको निधन भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीले जनाएको छ । 

टिप्पणी