कुनै पनि खालको हस्तक्षेप नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा स्विकार्य हुँदैन

सप्तकोशी न्युज डेक्स

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराए । सो प्रकरणको  सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्द्रनारायण देवले अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्विकार्य नहुने उनको भनाई ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवले सो प्रकरण राज्यविरुद्धको अपराध भएकाले त्यसमा संलग्न जोकोहीलाई कारबाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

उहाँले मुलुकमा भ्रष्टाचारको नेक्सस नै खडा भएको उल्लेख गर्दै त्यसलाई सरकारले निरन्तर निगरानीमा राख्नुपर्ने बताए । उहाँले मुलुकमा भ्रष्टाचार अब पनि बढ्दै जाने हो भने प्रतिगमनकारीहरुले टाउको ठड्याउन सक्ने पनि स्मरण गराए ।

सांसद देवले नेपाली जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र सेवा प्रवार चाहिरहेको उल्लेख गर्दै त्यस काममा सरकार अग्रसर हुनुपर्ने समेत औंल्याए ।

TAGS

टिप्पणी