मोरङको बुढीगंगामा ११ घण्टादेखि प्रसारण लाइनको टावरमा दिनेश माझी , अध्यक्ष र उपाध्यक्ष नआउँदा उद्दारमा समस्या

सप्तकोशी न्युज डेक्स 

सुनसरी।   मोरङको बुढीगंगा गाउँपालिका-७ का ४० वर्षीय दिनेशकुमार माझी प्रसारण लाइनको टावरमा चढेको ११ घण्टा बितिसक्दा पनि उदार गरिएको छैन । शनिवार बिहानै ​प्रहरी र वडाका जनप्रतिनिधिलाई फोन गरेर प्रसारण लाइनको टावरमा चढेका उनलाई अहिलेसम्म (साँझ चार बजे)उद्दार गर्न नसकिएको हो ।उनी शनिवार बिहानै ५ बजे १ लाख ३२ हजार भोल्टको  प्रसारण लाइनको टावरमा चढेका थिए । ​रिटेनिङ वाल निर्माणको काम गुणस्तरीय नभएकाले  रोक्नु पर्ने माग राख्दै उनी बिजुलीको टावरमा उनी चढेका हुन् । दिनेश बिहानैदेखि केही नखाई टावरमा बसिरहेका छन् ।

उनले गाउँपालिकाका अध्यक्ष जित नारायण मगर, उपाध्यक्ष अमृताकुमारी थारु र प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराई आएर माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् । ​उनलाई उतार्न स्थायी प्रशासनले पहल गरे पनि अध्यक्ष र उपाध्यक्ष आएर माग सुनुवाइ नगरेसम्म नझर्ने अडान लिएका छन् । माग बेवास्ता गरे आत्मदाह गर्ने चेतावनीसमेत दिँदै आएका छन् ।​

टिप्पणी