सवारी दुर्घटना हुँदा ताप्लेजुङमा बालकको मृत्यु

सप्तकोशी न्युज डेक्स

काठमाडौं । ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएका छ ।

बिहीबार बिहान भएको मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका(६ का सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमन गुरुङको मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन गुरुङले जानकारी दिएका छ ।

सवारी चालक फुङलिङ(६ का कृष्णमान गुरुङ भने घाइते भएका छ । उहाँको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरी प्रमुख गुरुङले बताएका छ । दुर्घटनामा घाइते भएका अंशुमानलाई जिल्ला अस्पताल पुर्‍याउनासाथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए। गाडी अनियन्त्रित भई पल्टिएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएका छ ।

TAGS

टिप्पणी