कोशीको मुख्यमन्त्रीमा पूर्ण नियुक्त,भए हिक्मत कार्की : तीन मन्त्री र एक राज्यमन्त्री सहित लिए सपथ

सप्तकोशी न्युज डेक्स

कोशी । नेकपा एमालेका नेता हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।कार्की पूर्ण दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन्। २०७९ पुस २४ मा पहिलोपटक मुख्यमन्त्री भएका कार्की विश्वासको मत पाउन विफल बनेपछि असार १५ मा पदमुक्त भएको थिए। सर्वोच्च अदालतले उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि कार्कीले पुनः मुख्यमन्त्री बन्ने अवसर पाएका हुन्।

शुक्रबार प्रदेश प्रमुख प्रसूराम खापुङले उनलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीलाई प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ पनि दिलाएका छन्।

सर्वोच्च अदालतले बिहीबार कोशी सरकारका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा लिएको विश्वासको मत बदर गर्दै उनको नियुक्ति बदर गरेको थियो। अदालतले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको सरकार ४८ घन्टाभित्र बनाउन परमादेश दिएको थियो।

सोही परमादेश अनुसार कार्की नियुक्त भएका हुन्।

मुख्यमन्त्री कार्कीले तीन जना मन्त्री र एकजना राज्यमन्त्री नियुक्त गरेका छन्।

तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन तथा वातावरण र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छन्। यसैगरी सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन्। उनीहरूले पनि शपथ लिएका छन्।

टिप्पणी