
सप्तकोशी न्युज डेक्स
सुनसरी । इटहरीको एक मात्र पब्लिक क्याम्पस जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिको निर्वाचन आज हुँदै । इटहरीमै स्ववियु रहेको एक मात्र क्याम्पस भएको ६ हजार भन्दा बढी विद्यार्थी पढ्ने क्याम्पस भएको।
झण्डै ९० जना शिक्षक कर्मचारी रहेको जनता क्याम्पसको व्यवस्थापन समितिको अध्यक्षलाई राजनीतिक दलहरु प्रतिष्ठाको लडाइका रुपमा हेर्छन् ।त्यसो त इटहरीमा राजनीतिक दलहरुबाट नेतृत्व चुनिने र प्रत्यक्ष रुपमा सकृय देखाउन पाउने संस्थाहरुमध्ये यो पनि एक संस्था हो । यसबाहेक उद्योग वाणिज्य संघ, खानेपानी संस्था, जनता स्कुल, इटहरी रेडक्रस, होटल व्यवशायी संघ त्यस्ता संस्थाहरु हुन्, जसको नेतृत्वको लागि राजनीतिक दलहरुबिच प्रतिसप्रधा गर्ने गर्छ । त्यसै गरि गठबन्धन बन्छन्, चुनाव हुन्छ । यस पटक पनि जनता क्याम्पस इटहरीको चुनावमा राजनीतिक गठबन्धन गरिएको छ । सबै राजनीतिक दलहरु मिलेर साझा प्यानल बनाएका छन् । नेतृत्व काँग्रेसलाई दिने सहमती भएको छ ।
अघिल्लो पटक पनि सर्वसम्मत रुपमा रेवतीरमण भण्डारीलाई व्यवस्थापन समिति अध्यक्ष चयन गरीएको थियो । यो पटक पनि इटहरीका सबै राजनीतिक दल, यहाँसम्म की राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत गठबन्धनमा सहभागि भएको छ ।यस्तो हुन्छ समिति गठन प्रक्रिया
७३० जनाको परिषद् सदस्यहरुले मतमार्फत् चुन्ने १३ जना सदस्यका लागि कुल ३२ जनाको उम्मेदवारी परेको छ । क्याम्पस व्यवस्थापन समिति भने २३ जनाको हुनेछ । जसमा निर्वाचित सदस्यहरुले चार जना सदस्य मनोनयन गर्नेछन् भने क्याम्पस प्रमुख, स्ववियु सभापति, प्राध्यापक संघ सभापति, सम्बन्धित वडाध्यक्ष, नगर प्रमुख र त्रिविले नियुक्त गरेको प्राध्यापक सदस्य रहनेछन् ।
यिनै सदस्यहरुले पछि पदाधिकारी चयन गर्नेछन् ।
७३० जना नै उपस्थित हुने सम्भावना छैन । ४०० जनाको हाराहारीमा मात्र सदस्य भोट हाल्नका लागि उपस्थित हुने अनुमान गरिएको छ ।इटहरीका ६ वटा राजनीतिक दलहरुको संयुक्त सहमतीमा १३ जनाको प्यानल बनेको छ । १३ जनाको लागि विभिन्न राजनीतिक दलले आफ्ना उम्मेदवार पठाएका छन् । जसमा नेपाली काँग्रेसबाट विकास केसी, शिवराज दाहाल, तीर्थ पराजुली, शेखर लुइटेल र अम्बिका श्रेष्ठ छन् ।
यसैगरी नेकपा एमालेको तर्फबाट रेवती घिमिरे, ईश्वर भट्टराई, दिनेश भट्टराई र भैरव प्रसाद सापकोटा छन् । त्यसै गरी राप्रपाबाट युगपृय निरौला र विकल रेग्मी छन् भने माओवादी केन्द्रबाट मुक्ति रिजाल र रास्वपाबाट मात्रिका रेग्मीले उम्मेदवारी दर्ता गराएका छन् । अन्य १९ जनाले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये स्वतन्त्ररुपले चुनावमा उभिएकाहरुदेखि पार्टीबाट असन्तुष्टहरुसमेत छन् ।
ठमनाथ लम्साल, नारायण सुवेदी, टंक खनाल, मात्रिका आचार्य, पेशल लम्साल, उर्मिला कटुवाल, गणेश बुढाथोकी, रमेश खत्री, कमल तिम्सिना लगायतले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गराएका छन् ।
७३० जनाको परिषद् भएपनि सबै सदस्य उपस्थित हुने सम्भावना नभएकोले बढीमा ४ सय मत खस्ने अनुमान गरिएको छ ।
राजनीतिक दलहरुबाट धेरै चिनिएका अनुहारहरु छन् । उम्मेदवारहरुमध्ये केही सामाजिक क्षेत्रमा लामो योगदान दिएका व्यवस्थापकीय सीप भएका र राम्रो छवि बनाएकाहरु छन् । केही भने व्यवशायी, केही उम्मेदवार राजनीतिक दलको विशुद्ध नेताहरु छन् । केही उम्मेदवार विद्यार्थी राजनीतिबाट आएका छन् भने केही सञ्चारउद्यम पृष्ठभूमीबाटसमेत छन् ।
राजनीतिको दलको दलदलमा भासिएको क्याम्पसले मुहार फेर्ला ?
पछिल्लो समयमा शिक्षा क्षेत्रमा राजनीति केही कम भएपनि इटहरीको सन्दर्भमा राजनीतिले प्रत्यक्ष असर गर्ने शिक्षालय जनता क्याम्पस हो । स्ववियु चुनाव र गतिविधिको सेरोफेरोमा होस् या कुनै राजनीतिक दलको विरोध गर्ने सन्दर्भमा विद्यार्थीहरु हड्तालदेखि प्रदर्शनसम्म उत्रने गर्छन् । जसको कारण क्याम्पसको शैक्षिक गतिविधिमा अवरोध सृजना हुने गरेको छ ।
मनग्गे सरकारी सहयोग, सरकारी स्रोत साधनबाट तलब खाने शिक्षकहरु भएको र विद्यार्थीहरुसँग पनि राम्रै शुल्क असुल्ने यो क्याम्पसको शैक्षिक गतिविधि र नतिजा भने खासै उत्साहजनक छैन । इटहरीका धेरै निजि क्याम्पले प्रतिष्पर्धी रुपमा लगभग उस्तै शुल्कमा त्योभन्दा राम्रो शिक्षा दिइरहँदा जनता क्याम्पसले न त सुलभ शिक्षा दिन सकेको छ, न गुणस्तरीय नै । दक्ष र अनुभवी प्राध्यापकहरु हुँदा हुँदै पनि व्यवस्थापन कमजोरीले गर्दा अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन ।
क्याम्पसमा भिजनरी र चुस्त दुरुस्त प्रशासन र व्यवस्थापन समितिको अभाव सधैं खट्किरहेको छ । राजनीतिक भागबण्डाको आधारमा छानिएका नेताहरुबाट बनेको व्यवस्थापन समिति र व्यवस्थापकीय क्षमता नभएको प्रशासन समुहका कारण त्यत्तीका स्रोत साधन हुँदा हुँदै पनि क्याम्पस अस्तव्यस्त छ । शिक्षकहरुको व्यवहारदेखि सुचना प्रणालीसम्म अनि पुर्वाधारदेखि शैक्षिक कार्यक्रमहरुसम्म विवादित हुने गरेका छन् ।
इटहरीवासीको जग्गा दान, मुठीदान र आर्थिक सहयोगबाट बनेको जनता क्याम्पसमा आजसम्म जति समिति बने, नयाँ योजना र व्यवस्थित गर्ने प्रयासको त कुरै छाडौं केही समितिबाहेक अन्यले औसत कामसमेत गरेनन् ।
प्रशासन र शैक्षिक क्रियाकलापलाई निर्देशित गर्ने भुमिकामा रहेको व्यवस्थापन समिति पनि बेलाबेलामा विवादित हुने गरेको छ । व्यवस्थापन समितिमा बसेकाहरुले नै आफ्नै आफन्तहरुलाई क्याम्पसमा जागिर लगाएका छन् । जागिर खानेको योग्यताको कुरा पनि होला, तर आफै व्यवस्थापन समिति सदस्य रहेको बेलामा आफन्तहरुलाई जागिर लगाएको अपजस समिति सदस्यहरुले खेपि नै रहनेछन् । कम्तिमा आफू व्यवस्थापन समितिबाट बाहिर भएर जागिर लगाएका भए उनीहरुको इमान्दारितामा प्रश्न उठ्दैनथ्यो । यो पटकको चुनावमा पनि त्यस्ता उम्मेदवारहरु पनि छन् ।
केही समयअघि मात्रै पनि कर्मचारी छनोट गर्दा आफन्तहरुलाई भर्ती गराउन खोजिएको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाए । जसको कारण आवेदकहरुको परिक्षा सकिइसकेको छनोट प्रक्रिया नै अवरुद्ध भयो ।
एकेडेमी बुझेको, व्यवस्थापकीय सीप भएको, शालिन र क्याम्पको विकासका समर्पित नेतृत्व नपाएको क्याम्पले यो पटकको निर्वाचनबाट पनि त्यस्तो नेतृत्व पाउनेमा शंका गरिएको छ । इटहरीका विनोद पोख्रेल भन्छन्, ‘ विवादित पृष्ठभूमीका, पहिले आबद्ध अन्य संस्थामा पनि आर्थिक हिनामिना गरेका, सामाजिकभन्दा पनि राजनीतिक रुपमा बढी चिनिएकाहरुले क्याम्पस बनाउनै सक्दैनन् ।’
इटहरीका समाजसेवी व्यवशायी हेम घिमिरे शिक्षा क्षेत्रमा राजनीतिज्ञको प्रवेश खुसीकै कुरा हुने तर नेपालका राजनितिग्यहरुको ब्यबहार र कर्मका कारण तेति उत्साह नदेखिने बताउँछन् स्थानीय जनताहरु । ‘इटहरीमा त्यस्तो नहोस्, आकांक्षीहरुलाई शुभकामना,’ उनले भनेका छन् ।
आफ्ना छोराछोरीलाई निजी स्कुल र क्याम्पसमा पढाउनेहरु नै पब्लिक क्याम्पसमा राजनीति गर्नकै लागि व्यवस्थापन समितिमा बस्न मरिहत्ते गर्छन् । यसले पब्लिक स्कुलको शिक्षा प्रतिकुल असर परेको देखिन्छ ।
शेयर
सम्बन्धित समाचार

बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ को आयोजनामा सञ्चालित ७५ दिने गार्मेन्ट स्तरीय सिलाइ–कटिङ सीप विकास तालिम आज सम्पन्न

कोशी प्रदेशमै पहिलो पटक कला, साहित्य, संगीत, संस्कृतिलगायतको सहरका रुपमा इटहरी परिचित गराउने गरी एकेडेमी बनाउने तयारी

दुहबी माघी महोत्सवमा ३ जोडी युवायुवतीको सामुहिक बिवाह सहित कार्यक्रम हर्ष उल्लासका साथ सम्पन्न

स्व. मानबहादुर मगर स्मृति फुटबलकप प्रतियोगितामा बेल्टार युनाइटेड युथ क्लवलाई हराउँदै अजम्बरी युथ क्लव भागलपुर फाइनलमा

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ स्थित सडक दुर्घटनामा बाँसले पेटमा छेडिएकी एक जना महिला गम्भिर घाइते

अनाधिकृत संरचना हटाउँदा सुनसरीको दुहवीका वडाअध्यक्षमाथि राजनीतिक रिसिइबी र आफूमाथि अभद्र व्यवहार भएको वडाअध्यक्षको आरोप

वराहक्षेत्र नगरपालिका वडा नं,१ चतरा बसपार्कमा अवैध हरिणको सिङ र लागूऔषध सहित चार जना पक्राउ

धरानमा उद्योगी व्यवसायीहरुसँग अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगारीको सम्भावना विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

नेकपा एमाले कोशी प्रदेश प्रथम अधिवेशनका लागि बराहक्षेत्र नगरपालिकाबाट १२ जना प्रतिनिधि छनौट : महिलातर्फ बाट यसोधा खड्का बिजय

बराहक्षेत्र मन्दिरको प्रवर्द्धन र विकासका लागि स्थानिय वराहक्षेत्र संरक्षण मञ्चको नेतृत्वमा श्रमदान अभियान

कोशीको मुख्यमन्त्रीमा पूर्ण नियुक्त,भए हिक्मत कार्की : तीन मन्त्री र एक राज्यमन्त्री सहित लिए सपथ

पुर्वकै उत्कृस्ट पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो द्वारा तीज गीत सार्वजनिक : मादल घनघनि

बराहक्षेत्र नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय महेन्द्रनगर अब तिमल्सिनाको कमाण्डिमा चल्ने

इटहरी उपमहानगरपालिकले बढाएको करका विरुद्धमा स्वतन्त्र नागरिक समाज सुनसरी, ध्यानाकर्णपत्र बुझायो

आज राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म धरान प्रवेशमा रोक : जिल्ला अधिकारीबाट आदेश जारी

कोशी प्रदेशका मुख्यमन्त्री थापाले गरे मन्त्रीमण्डल विस्तार : गयानन्द मण्डल बने राज्यमन्त्री

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा डेंगु र आँखा पाख्ने रोगसँगै तीव्र रुपमा भाइरल ज्वरोको प्रकेप

पहाडमा अत्याघिक वर्षा हुदा कोसी कटानको जोखिममा श्रीलङ्का टापु : प्रकोपको पूर्व तयारी गर्दै

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी

बराहक्षेत्र नगरपालिकको स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि नगरप्रमुख कार्कीद्वारा संघीय सरकारलाई ध्यानाकर्षण

कोशी प्रदेशको तीन सदस्यीय मन्त्रीमण्डलमा सभामुखबाट राजिनामा दिएका गौतम बने अर्थमन्त्री

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, काेशी प्रदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ

भर्खरै आएको अविरल वर्षाका कारण १० जनाको ज्यान गएको र २६ जना बेपत्ता भएको गृहमन्त्री श्रेष्ठको भनाई

थारुलाई दासजस्तो व्यवहार गर्दैछन्, रामधुनीमा आएर रेशम चौधरीले भने कहिलेसम्म दास बन्ने ?

प्रधानमन्त्री दाहालले भने दुई पटक पारित गरेको नागरिकता विधेयक फेरि संसदमा ल्याउनु संसदकै अपमान

कानुन बमोजिम कुरा गर्नु भन्दै राष्ट्रपति कार्यालयले रेशम चौधरीलाई माफी दिने कुरा गृहमन्त्रालयमा निवेदन फिर्ता पठायो

मोरङको बुढीगंगामा ११ घण्टादेखि प्रसारण लाइनको टावरमा दिनेश माझी , अध्यक्ष र उपाध्यक्ष नआउँदा उद्दारमा समस्या
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी