मुख्यमन्त्री कांग्रेसलाई दिएर सहमतिको सरकार बनाउन एमाले तयार छः हिक्मत कार्की

सप्तकोशी न्युज डेक्स

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाली कांग्रेसलाई प्रदेश सरकारको नेतृत्व गर्न दिन तयार रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोशी प्रदेशको संकट टार्न कांग्रेससँग सहकार्य गरेर एमाले मिलेर जान तयार रहेको बताएका छन् । उनले भने, ‘मुख्यमन्त्री कांग्रेसलाई दिएर सहमतिको सरकार बनाउन तयार छौं । कोशी प्रदेशमा कसैको पनि बहुमत नभएपछि संकट टार्न मिलेर जान तयार छौं ।’

मुख्यमन्त्री कार्कीले सबैको सहमतिमा नयाँ सरकार गठन गरेर अघि बढ्न तयार रहेको बताए । उनले प्रदेशको समृद्धि र सरकारको स्थायीत्वको लागि एमाले सदैब तयार रहेको जनाएका छन् ।


टिप्पणी