श्रीलंकाटापु जोड्ने झोलुङ्गे पुलको लागि डीपीआर सुरु

सप्तकोशी न्युज डेक्स 

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलंका टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ ।

नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ । संघीय सरकारको ठूला झोलङ्गे पुल निर्माण विभागअन्तर्गत सप्तकोशीमा पहिलो पटक यति लामो झोलुङ्गे पुल निर्माण हुन लागेको बराहक्षेत्र नगरका मेयर रमेश कार्की र आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले बताए । 

पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अन्तिम चरणमा पुगेको उहाँ हरुको भनाइ थियो । उनका अनुसार सुनसरी क्षेत्र नं ४ का संघीय सांसद तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सक्रियता र पलकदमीमा उक्त पुल योजनामा पारेका हुन् ।

झोलुङ्गे पुल सर्भेका लागि ऋषिकेश सर्बिस प्राइभेट लिमिटेड काठमाडौंले डीपीआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको योजनाका सबइञ्जिनियर रञ्जितकुमार यादवले जानकारी दिए । -   सुलभ रिजाल 

टिप्पणी