
सप्तकोशी न्युज
सुनसरी । इटहरीमा पहिलो पटक ऐतिहासिक ललित कला प्रदर्शनी गरेर गाउँ गाउँका कला साधकहरुलाई एउटै थलोमा उभ्याउने र उनीहरुका कला प्रदर्शन गर्न पाउने सुनौलो अवसरको सुरुआत भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलो पटक विकेन्द्रीत नीति लिएर देशका सातै प्रदेशमा ऐतिहासिक कला प्रदर्शनी गराउने कार्यक्रमको अन्तिम अवसर कोशी प्रदेशले पाएको हो । कोशी प्रदेशमा फागुन २९ देखि चैत्र ३ गतेसम्म उक्त प्रदर्शनी हुने र सर्वसाधारणका लागि अरु १० दिन थप गरिने कार्यक्रमका सहंयोजक तथा इटहरी मेट्रिक्सका अध्यक्ष विक्रमश्रीले बताए ।
प्रर्दशनीमा चित्रकला, मुर्तिकला, लोककला, हस्तकला, वास्तुकला, भिडियो आर्ट, क्यारिकेचर, प्रतिष्थापन कला, कार्टुन आर्ट, पोष्टर र डिजिटल कलाका साथै अन्य सृजनात्मक कलाका ९ विधाका कलाकृतिहरुलाई यस इटहरी मेट्रिक्सको प्रदर्शनी कक्षमा राखिएको पनि विक्रमश्रीले बताए ।
कोशी प्रदेशका सभामुख अमर बहादुर विष्टको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेल, कोशी प्रदेश सांसद मिना श्रेष्ठ, विनोद वान्तवा, यसोदा कास्यपलगायतको विशेष आतिथ्यता र इटहरी उपमहानगरपालिकाका उपमेयर संगीता चौधरी, धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघालगायतको आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको थियो । पानसमा बत्ति बालेर र रिवन काटेर उद्घाटन गरिएको सो कार्यक्रमबाट इटहरीको सिंगो इतिहासको बोकेको धरोहर पूर्व भुमिसुधार मन्त्री रामकुमार सुब्बालाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रमका संयोजक नेपाल ललितकला प्रतिष्ठानका प्राज्ञ सञ्जय बान्तवा राईको अध्यक्षतामा आयोजित सो कार्यक्रमबाट प्राज्ञ जीवननाथ पोखरेल, वरिष्ठ कलाकार निवास पोखरेल, कलाकार रेनुका तिम्सिना, उषा अर्याल, श्रीकृष्ण तिम्सिना, दलबहदाुर तामाङ, श्रीप्रसाद किराँतलाई सम्मान गरिएको विक्रमश्रीले बताए । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट बोल्दै कोशी प्रदेश सभामुख विष्टले यति ठूलो योगदानबाट इटहरीमा यति ठूलो कलाकृति, साहित्यिक सर्जक, कलाकारका कृतिले भरिएको स्थान विक्रमश्रीको संरक्षणमा रहेको तर हामीले समेत नचिनेर ओझेलमा परेको स्पष्ट पारे ।
कार्यक्रमलाई सम्बोधन गर्दै इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले कला, संस्कृति, भाषा, साहित्य, गीत, संगीत, म्र्तिकला, चित्रकला, वास्तुकला नै देशलाई जीवन्त राख्ने इतिहास रहेको स्पष्ट पारे । भावी पुस्ताका लागि पठनयोग्य इतिहास जीवन्त तुल्याउँदै ज्युँदो राख्दछ जसको संरक्षणको लागि इटहरी उपमहानगर सदैव साथमा छ । अब छिटै नै इटहरी उपमहानगरले एकेडेमी निर्माणका लागि छलफलको विषय बन्छ । जसका निम्ति इटहरी क्षेत्रका साहित्यक सर्जक, ललितकलासँग जोडिनु भएका सबै सृजनशिल साथीहरुलाई जिम्मा दिएर उक्त एकेडेमी निर्माण हुने बताए । एकेडेमी निर्माणको घोषित कार्यक्रम अन्तर्गत यहि चैत्र महिनाभित्र काम पुरा गर्ने गरी स्थानीय तहले हलसमेत बनाइसकिएको र इटहरीका सर्जकहरुलाई नेतृत्व दिएर उक्त एकेडेमी अगाडि बढ्ने स्पष्ट पारे । जसका कारण इटहरी साहित्यानुरागीको सहर, सृजनशिलको सहर, सृजनात्मक, रचनात्मक, ललितकलाको सहर र ति कलाभित्रका अनेकन कलाहरुको संरक्षण, उजागर भएर इटहरी चिनाउने गरी इटहरी उपमहानगरपालिकाको सामथ्र्यले भ्याउने गरी काम अगाडि बढाउने योजना रहेको पनि पौडेलले बताए ।
कार्यक्रमको उपस्थितिलाई हेरेर पौडेलले भने– राजनीतिक दलको कार्यक्रम भएको भए ठूलो भिडभाड हुने यस ठाउँमा तपाई जति उपस्थित हुनुभएको छ यो क्षेत्रमा लागेर देशको चन्द्र सूर्य अंकित झण्डा फहराउँछु, राष्ट्रलाई माथि उठाउने गरी केही न केही योगदान समाजका निम्ति गर्छु भन्ने उद्देश्य र संकल्प बोकेका सन्तुष्ट व्यक्तित्वहरुको गुणात्मक उपस्थिति रहेकोमा खुशी व्यक्त गरे ।
राष्ट्रको पहिचान, राष्ट्रको गौरव र राष्ट्रलाई विश्वमाझ छिट्टै चिनाउने देशका कला, संस्कृतिक, भाषा, गीत, संगीत, वास्तुकला, चित्रकला, ललितकलाका संरक्षणका निम्ति राज्यले विशेष रुपमा हेर्नुपर्ने समेत पौडेलले बताए ।
रैथाने कलालाई निकै प्राथमिकता दिएर सुरु गरिएको यो प्रदर्शनीले गाउँ गाउँमा लुकेका प्रतिभालाई बाहिर ल्याउन मद्दत पुग्ने गरी आयोजना गरिएको कार्यक्रम सहसंयोजक इटहरी मेट्रिक्सका सञ्चालक विक्रमश्री बताउँछन् । उनले सातै प्रदेशमा पहिलो पटक विकेन्द्रीत नीति अनुरुप ललितकला प्रतिष्ठानले आयोजना गरेको प्रदर्शनी कोशी प्रदेशको अन्तिम रहेको र अन्य प्रदेशमा आयोजना समापन भईसकेको वा हुने अवस्थामा पुगिसकेकोले पनि यस कार्यक्रममा सातै प्रदेशबाट सहभागिता जनाइएको विक्रमश्रीले स्पष्ट पारे ।
ललितकला प्रर्दशनीमा समावेस भएका कलाकृतिहरुमध्ये सवै बिद्याहरु मध्येबाट सर्वोत्कृष्ट एक जनालाई एक लाख पुरस्कार दिइने भएको छ भने परम्परातग चित्रकला तर्फ उत्कृष्ट हुनेलाई ६० हजार,समसामयिक आधुनिक चित्रकला ६० हजार, मुर्तीकला ६० हजार,परम्परागत लोक मुर्तीकला ६० हजार,समसामयिक आधुनिक मुतीकला ६० हजार, हस्तकला शिल्पकला ६० हजार लोककला ६० हजार,सवै विद्याहरुमध्ये उत्कष्ट हुनेलाई ५० हजार र अन्य विद्यामा उत्कृष्ट हुने १र१ जनालाई ३०/३० हजार प्राप्त गर्नेछन् ।
TAGS
शेयर
सम्बन्धित समाचार

बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ को आयोजनामा सञ्चालित ७५ दिने गार्मेन्ट स्तरीय सिलाइ–कटिङ सीप विकास तालिम आज सम्पन्न

दुहबी माघी महोत्सवमा ३ जोडी युवायुवतीको सामुहिक बिवाह सहित कार्यक्रम हर्ष उल्लासका साथ सम्पन्न

स्व. मानबहादुर मगर स्मृति फुटबलकप प्रतियोगितामा बेल्टार युनाइटेड युथ क्लवलाई हराउँदै अजम्बरी युथ क्लव भागलपुर फाइनलमा

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ स्थित सडक दुर्घटनामा बाँसले पेटमा छेडिएकी एक जना महिला गम्भिर घाइते

अनाधिकृत संरचना हटाउँदा सुनसरीको दुहवीका वडाअध्यक्षमाथि राजनीतिक रिसिइबी र आफूमाथि अभद्र व्यवहार भएको वडाअध्यक्षको आरोप

वराहक्षेत्र नगरपालिका वडा नं,१ चतरा बसपार्कमा अवैध हरिणको सिङ र लागूऔषध सहित चार जना पक्राउ

धरानमा उद्योगी व्यवसायीहरुसँग अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगारीको सम्भावना विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

नेकपा एमाले कोशी प्रदेश प्रथम अधिवेशनका लागि बराहक्षेत्र नगरपालिकाबाट १२ जना प्रतिनिधि छनौट : महिलातर्फ बाट यसोधा खड्का बिजय

बराहक्षेत्र मन्दिरको प्रवर्द्धन र विकासका लागि स्थानिय वराहक्षेत्र संरक्षण मञ्चको नेतृत्वमा श्रमदान अभियान

कोशीको मुख्यमन्त्रीमा पूर्ण नियुक्त,भए हिक्मत कार्की : तीन मन्त्री र एक राज्यमन्त्री सहित लिए सपथ

पुर्वकै उत्कृस्ट पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो द्वारा तीज गीत सार्वजनिक : मादल घनघनि

बराहक्षेत्र नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय महेन्द्रनगर अब तिमल्सिनाको कमाण्डिमा चल्ने

इटहरी उपमहानगरपालिकले बढाएको करका विरुद्धमा स्वतन्त्र नागरिक समाज सुनसरी, ध्यानाकर्णपत्र बुझायो

आज राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म धरान प्रवेशमा रोक : जिल्ला अधिकारीबाट आदेश जारी

कोशी प्रदेशका मुख्यमन्त्री थापाले गरे मन्त्रीमण्डल विस्तार : गयानन्द मण्डल बने राज्यमन्त्री

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा डेंगु र आँखा पाख्ने रोगसँगै तीव्र रुपमा भाइरल ज्वरोको प्रकेप

पहाडमा अत्याघिक वर्षा हुदा कोसी कटानको जोखिममा श्रीलङ्का टापु : प्रकोपको पूर्व तयारी गर्दै

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी

आज इटहरीको जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिको निर्वाचन हुदै : क्याम्पसमा राजनिती चल खेल

बराहक्षेत्र नगरपालिकको स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि नगरप्रमुख कार्कीद्वारा संघीय सरकारलाई ध्यानाकर्षण

कोशी प्रदेशको तीन सदस्यीय मन्त्रीमण्डलमा सभामुखबाट राजिनामा दिएका गौतम बने अर्थमन्त्री

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, काेशी प्रदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ

भर्खरै आएको अविरल वर्षाका कारण १० जनाको ज्यान गएको र २६ जना बेपत्ता भएको गृहमन्त्री श्रेष्ठको भनाई

थारुलाई दासजस्तो व्यवहार गर्दैछन्, रामधुनीमा आएर रेशम चौधरीले भने कहिलेसम्म दास बन्ने ?

प्रधानमन्त्री दाहालले भने दुई पटक पारित गरेको नागरिकता विधेयक फेरि संसदमा ल्याउनु संसदकै अपमान

कानुन बमोजिम कुरा गर्नु भन्दै राष्ट्रपति कार्यालयले रेशम चौधरीलाई माफी दिने कुरा गृहमन्त्रालयमा निवेदन फिर्ता पठायो

मोरङको बुढीगंगामा ११ घण्टादेखि प्रसारण लाइनको टावरमा दिनेश माझी , अध्यक्ष र उपाध्यक्ष नआउँदा उद्दारमा समस्या
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी