प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै पाँच मन्त्रीसहित

सप्तकोशी न्युज संमवाद्दाता

विराटनगर । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड आज पाँच मन्त्रीसहित भारत भ्रमण प्रस्थान गर्दै छ। प्रधानमन्त्री प्रचण्डसँग साँझ ६ बजे भारतका विदेश सचिव विनयमोहन क्वात्रा र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टाछुट्टै भेटवार्ता गर्नेछ ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भोलि ९जेठ १८ गते० बिहान ११ बजे हैदराबाद हाउसमा दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। लगत्तै प्रतिनिधिमण्डल स्तरको बैठक हुन्छ । यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने तालिका छ । सोही दिन भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा भ्रमण टोलीसहित प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्। त्यही दिन प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० र भारतीय उद्योग परिसंघ ९सीआईआई० ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् र त्यसपछि दुवै देशका व्यापारीसँग अन्तरक्रिया पनि गर्ने कार्यक्रम छ ।

यसपछि भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री प्रचण्डले भारतमा रहेका नेपाली समुदायसँग भेटघाट गर्नेछ ।

भ्रमण तालिकाअनुसार तेस्रो दिन ९जेठ १९ गते० प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर प्रस्थान गर्नेछन् । जेठ २० गते उनी इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमणमा जानेछन् र त्यही दिन नयाँदिल्ली फर्किएर प्रधानमन्त्री प्रचण्ड अपराह्न ४ः२० बजे स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेअनुसार भारत भ्रमण टोलीमा पाँच मन्त्री भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डाः प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाल सहभागी हुन्छ ।

TAGS

टिप्पणी