चतरामा एम्बुलेन्सबाट साढे ४ सय किलो गाँजा बरामद

सप्तकोशी न्युज संवाददाता 

इटहरी । सुनसरी- इलाका प्रहरी कार्यालय, चतराले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

वरिष्ठ सई टीकाराम खत्रीको टोलीले मे१च ५१९ नम्बरको एम्बुलेन्समा गाजा लोड गरिररहेको अवस्थामा बरामद गरेको हो। ९ वटा बोरामा रहेको गाँजा करिब ४५० किलो छ।साथमा, मोबाइल १, गाडीको हावा भरेको ट्युब ३, हावा नभरेको ट्युब ३ थान, लाइफ ज्याकेट २, डोको २, ओछ्याउने फोम थान २ र एउटा खुकुरी पनि बरामद भएको वरिष्ठ हवल्दार प्रकाश रेग्मीले जानकारी दिए।

प्रहरी सहायक हवल्दार रमणकुमार दनुवारका अनुसार आज राति २ बजेर ४५ मिनटमा शंकास्पद अवस्थामा एम्बुलेन्स जाँच गर्दा लागूपदार्थ लोड गरिरहेको भेटिएको हो।बरामत गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टीलाई आवश्यक कारवाही लागि बुझाइएको वरिष्ठ हवल्दार रेग्मीले जानकारी दिए। सशस्त्र प्रहरी बेस क्याम्प चतराका निरीक्षक डिकबहादुर गोलेको नेतृत्वमा रहेको टोलीले पनि उक्त गाँजा बरामद गर्न सहयोगी भूमिका वहन गरेको थियो। - सुलभ रिजाल 

टिप्पणी