सुनसरीका ४८ हजार बालिकालाई एचपिभी खोप

सुनसरीमा माघ २२ देखि फागुन २ गतेसम्म ४८ हजार ८५६ बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्मका तथा १०–१४ वर्षका बालिकालाई विद्यालयमै खोप उपलब्ध गराइनेछ। विद्यालय बाहिरका बालिकाहरूलाई फागुन २ गते शिविरमार्फत खोप दिइनेछ।

स्वास्थ्य प्रमुख सागर प्रसाईंले खोप अभियान शतप्रतिशत सफल बनाउने लक्ष्य रहेको बताउँदै निर्धक्क खोप लगाउन सबैलाई आग्रह गरेका छन्। अभियानबारे जानकारी दिन इनरुवामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सरोकारवालाको उपस्थिति रहेको थियो।

" /> Saptakoshinews

TAGS

टिप्पणी