बराहक्षेत्र मन्दिरको प्रवर्द्धन र विकासका लागि स्थानिय वराहक्षेत्र संरक्षण मञ्चको नेतृत्वमा श्रमदान अभियान

सप्तकोशी न्युज डेक्स 

सुनसरी  । बराहक्षेत्र मन्दिरको प्रवर्द्धन र विकासका लागि स्थानीयहरू श्रमदान अभियानमा जुटेका छन् । स्थानिय वराहक्षेत्र संरक्षण मञ्चको नेतृत्वमा स्थानीहरू ३ दिनदेखि नियमित रूपमा दैनिक श्रमदान गर्न थालेका छन् । बराहाक्षेत्र को मुहार परिवर्तन को लागि स्थानि जनताहरु श्रमदानमा एक जुट हुदै आफनो श्रम आफ्नो ठाउलाई अझ धार्मिक तथा पर्यटकको आकर्षण लाई मुख्य स्थान दिय स्थानीय श्रमदान दिन उत्साहित हुदै ।  स्थानीय सरकार को डिलासुस्ती विकाश र प्रबन्घन ले गर्दा वाक्क दीक भएका छन् ।

पहिलो चरणमा मन्दिरबाट तल्ल कोकाह कौशीकिको संगममा पुग्ने सिडीमा विश्राम स्थल चौतारा निर्माण गर्ने श्रमदान सुरु गरिएको छ । स्थानिय निर्माणका सामाग्री र स्थानीयको श्रमदानसँगै स्थानीयहरूकै सहयोग मार्फत चौतारा निर्माण गरिने उक्त अभियानको नेतृत्व गरी राखेका वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए ।

सोमवारबाट सुरु गरिएको श्रमदान अभियान असोज महिनाभर सञ्चालन हुने र अर्को महिनाबाट साप्ताहिक रूपमा आइतबार नियमित रूपमा श्रमदान गरिने छ । आर्थिक मिततसँगै स्थानीयले श्रमदानबाट मन्दिरको प्रवर्द्धन योगदान गर्ने उद्देश्य लिएर अभियान सुरु गरिएको संरक्षण मञ्चका अध्यक्ष श्रेष्ठको भनाई छ ।

वराहक्षेत्र मन्दिर क्षेत्रको विकास, प्रवर्द्धन, सरसफाइ र निर्माण कार्यमा स्थानीयहरूलाई सहभागिता गराउने, आउँदै गरेको कुम्भ मेलालाई सफल बनाउन, विश्व सनातन जगतका लागि आस्था, विश्वाससँगै संसारमा छरिएर रहेका सनातनलाई जोड्ने सभ्य र भव्य बनाउन अभियानको सुरुवात गरिएको संरक्षण मञ्चका अध्यक्ष श्रेष्ठको भनाई छ । सिडी तथा चौतारा निर्माणबाट सुरु श्रमदान अभियान मन्दिरको सरसफाइ, जिर्णद्धार , निर्माण जस्ता कार्यका लाग्ने संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए ।


टिप्पणी