
सप्तकोशी न्युज संवाददाता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार प्रदेशका आठवटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम सञ्चालन गर्दा भ्रष्टाचार गरेको आरोपमा झाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगले झाविरुद्ध रु सात लाख एक हजार तीन सय ८० जरिवाना र बिगोसमेत असुल उपरको माग गरेको छ ।
साथै आयोगले झालाई भ्रष्टाचार गर्न सहयोग गर्ने नैँशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारीविरुद्ध पनि मुद्दा दायर गरेको छ । सरकारलाई हानी पुुर्याउने गरी झुठा बिल भरपाई तयार गरेको आरोपमा कुमारीविरुद्ध विगो रु तीन लाख ६७ हजार आठ सय ८० कायम गरी मुद्दा दायर गरिएको हो ।
साथै आयोगले आजै थप ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७४/७५ मा लक्ष्मीमार्ग सडकखण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको सात किलोमिटर सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा विभिन्न ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले भ्रष्टाचारको आरोपमा गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दङ्गाल, इञ्जिनियर अभिषेक दास र सव इञ्जिनियर विज्ञान चम्लागाईविरुद्ध रु २२ लाख नौ हजार आठ सय २३ दशमलव ४० रकम बढी भुक्तानी दिएको आरोपसहित मुद्दा दायर गरेको छ ।
आयोगले लक्ष्मीमार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल र कोषाध्यक्ष शन्तमाया सुब्बा लिम्बूले कार्यसम्पन्न भएको झुट्टा बिल पेस गरी रु २२ लाख नौ हजार आठ सय २३ दशमव ४० पैसा भुक्तानी लिइ भ्रष्टाचार गरेको आरोपमा बिगोसमेत जफत गर्न माग गरेको छ ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले उपभोक्ता समितिलाई वास्तविकभन्दा बढी भुक्तानी दिने बदनियतले गलत सिफारिस गरेकाले कानुनबमोजिम कैद र जरिवानाको गरिएको छ ।
गाउँपालिकाका तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजक रहेको र अनुगमन समितिको उपस्थितिमा भएको बैठकमा उल्लेखित योजना सम्पन्न भइसकेको भनी निर्णय गरी प्राविधिक मूल्याङ्कन अनुसारको रकम उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको आरोपमा कानुन बमोजिम कैद र जरिवाना हुन मागदाबी गरिएको छ ।
आयोगले गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हरिबहादुर बाँनिया, वडा–७ का तत्कालीन वडाध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा–३ का तत्कालीन वडाध्यक्ष मोतिलाल गणेश अनुगमन तथा सुपरीवेक्षण समितिको सदस्य रहेको र अनुगमन समितिको उपस्थितिमा भएको बैठकमा उल्लिखित योजना सम्पन्न भइसकेको भनी निर्णय गरेको साथै योजनाको भुक्तानीको लागि सिफारिस गरेको आरोप लगाएको छ । उनीहरुविरुद्ध कानुन बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ को आयोजनामा सञ्चालित ७५ दिने गार्मेन्ट स्तरीय सिलाइ–कटिङ सीप विकास तालिम आज सम्पन्न

कोशी प्रदेशमै पहिलो पटक कला, साहित्य, संगीत, संस्कृतिलगायतको सहरका रुपमा इटहरी परिचित गराउने गरी एकेडेमी बनाउने तयारी

दुहबी माघी महोत्सवमा ३ जोडी युवायुवतीको सामुहिक बिवाह सहित कार्यक्रम हर्ष उल्लासका साथ सम्पन्न

स्व. मानबहादुर मगर स्मृति फुटबलकप प्रतियोगितामा बेल्टार युनाइटेड युथ क्लवलाई हराउँदै अजम्बरी युथ क्लव भागलपुर फाइनलमा

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ स्थित सडक दुर्घटनामा बाँसले पेटमा छेडिएकी एक जना महिला गम्भिर घाइते

अनाधिकृत संरचना हटाउँदा सुनसरीको दुहवीका वडाअध्यक्षमाथि राजनीतिक रिसिइबी र आफूमाथि अभद्र व्यवहार भएको वडाअध्यक्षको आरोप

वराहक्षेत्र नगरपालिका वडा नं,१ चतरा बसपार्कमा अवैध हरिणको सिङ र लागूऔषध सहित चार जना पक्राउ

धरानमा उद्योगी व्यवसायीहरुसँग अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगारीको सम्भावना विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

नेकपा एमाले कोशी प्रदेश प्रथम अधिवेशनका लागि बराहक्षेत्र नगरपालिकाबाट १२ जना प्रतिनिधि छनौट : महिलातर्फ बाट यसोधा खड्का बिजय

बराहक्षेत्र मन्दिरको प्रवर्द्धन र विकासका लागि स्थानिय वराहक्षेत्र संरक्षण मञ्चको नेतृत्वमा श्रमदान अभियान

कोशीको मुख्यमन्त्रीमा पूर्ण नियुक्त,भए हिक्मत कार्की : तीन मन्त्री र एक राज्यमन्त्री सहित लिए सपथ

पुर्वकै उत्कृस्ट पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो द्वारा तीज गीत सार्वजनिक : मादल घनघनि

बराहक्षेत्र नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय महेन्द्रनगर अब तिमल्सिनाको कमाण्डिमा चल्ने

इटहरी उपमहानगरपालिकले बढाएको करका विरुद्धमा स्वतन्त्र नागरिक समाज सुनसरी, ध्यानाकर्णपत्र बुझायो

आज राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म धरान प्रवेशमा रोक : जिल्ला अधिकारीबाट आदेश जारी

कोशी प्रदेशका मुख्यमन्त्री थापाले गरे मन्त्रीमण्डल विस्तार : गयानन्द मण्डल बने राज्यमन्त्री

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा डेंगु र आँखा पाख्ने रोगसँगै तीव्र रुपमा भाइरल ज्वरोको प्रकेप

पहाडमा अत्याघिक वर्षा हुदा कोसी कटानको जोखिममा श्रीलङ्का टापु : प्रकोपको पूर्व तयारी गर्दै

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी

आज इटहरीको जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिको निर्वाचन हुदै : क्याम्पसमा राजनिती चल खेल

बराहक्षेत्र नगरपालिकको स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि नगरप्रमुख कार्कीद्वारा संघीय सरकारलाई ध्यानाकर्षण

कोशी प्रदेशको तीन सदस्यीय मन्त्रीमण्डलमा सभामुखबाट राजिनामा दिएका गौतम बने अर्थमन्त्री

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, काेशी प्रदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ

भर्खरै आएको अविरल वर्षाका कारण १० जनाको ज्यान गएको र २६ जना बेपत्ता भएको गृहमन्त्री श्रेष्ठको भनाई

थारुलाई दासजस्तो व्यवहार गर्दैछन्, रामधुनीमा आएर रेशम चौधरीले भने कहिलेसम्म दास बन्ने ?

प्रधानमन्त्री दाहालले भने दुई पटक पारित गरेको नागरिकता विधेयक फेरि संसदमा ल्याउनु संसदकै अपमान

कानुन बमोजिम कुरा गर्नु भन्दै राष्ट्रपति कार्यालयले रेशम चौधरीलाई माफी दिने कुरा गृहमन्त्रालयमा निवेदन फिर्ता पठायो

मोरङको बुढीगंगामा ११ घण्टादेखि प्रसारण लाइनको टावरमा दिनेश माझी , अध्यक्ष र उपाध्यक्ष नआउँदा उद्दारमा समस्या
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी