नेपालमा गुरु कुट्ने संस्कृति बढेको छः एमाले अध्यक्ष ओली

सप्तकोशी न्युज डेक्स

काठमाडौं । बिहीबार नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने नेपालमा गुरु कुट्ने संस्कृति बढेको र यसबाट जोगिनुपर्ने 

बताएको छ ।

बिहीबार काठमाडौंमा आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएको हो ।

अध्यक्ष ओलीले आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको बताएका छ । उनले गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद कुरा भएको बताए ।

अध्यक्ष ओलीले सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्सहन गर्ने सरकारको काम खेदजनक रहेको बताएका छ । उनले कथित विद्यार्थीले आफ्नो तिरको होइन कुट्न पाउनुपर्छ भन्ने संस्कृतिको विकास गर्न सरकार उद्धत भएको बताएका छ ।

अध्यक्ष ओलीले प्राध्यापक कुट्नेहरुलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने बताएका छ ।

TAGS

टिप्पणी