सांसद राप्रपाका शाहीले मागे प्रधानमन्त्री दाहालको राजीनामा

सप्तकोशी न्युज संवाददाता

काठमाडौं । सांसद राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छ ।

आइतबार बसेका प्रतिनिधि सभाको बैठमा समय माग गरी बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेका छ ।

शाहीले प्रधानमन्त्री दाहालको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएका र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेका भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिने माग गरे ।

शाहीले अदालतमा उपस्थित हुँदा प्रधानमन्त्री दाहाल प्रधानमन्त्री वा पुष्पकमल दाहालको हैसियतमा उपस्थित हुनुहुन्छ रु भन्दै प्रश्न गरेका छ । उनले अपराध जस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीको राजीनामा मागेपछि समय माग गरी बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राप्रपा प्रमुख सचेतक शाहीले व्यक्त गर्नुभएको धारणा संसद रेकर्डबाट हटाउन माग गरे ।

सांसदहरुको भनाइपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यान आकर्षण भएका बताए । प्रतिनिधि सभाको अर्को बैठक सोमबार १ बजेका लागि बोलाएका

 छ ।

TAGS

टिप्पणी