आम माफी अदालतमाथि बलमिच्याँइ गगन थापा रेशम चौधरीको रिहाईबारे बोले

सप्तकोशी न्युज संवाद्दाता

काठमाडौं । सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका छ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशका बलमिच्याइँ गरेको बताएका छ । उनले आवश्यक्ताका आधारमा निर्णय गर्ने भन्दा पनि सरकारले कानूनको शासन मान्नुपर्ने बताए । उनले नेपालको कानूनले कुनैपनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेका अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ की हुँदैन भनेर कानूनले बन्दोबस्त गरेको उल्लेख गर्दै कानूनले बन्दोबस्त गरे भन्दा बाहिर कोही पनि जान नमिल्ने बताए।

उनले सरकारलाई मन लाग्यो, सरकारले निर्णय गर्‍यो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसावले मात्रै यसलाई लिन नहुने बताए । उनले यो राजाको शासन नभएकाले कसैको हुकुम नचल्ने बताए । उनले सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर प्रचलित कानूनलाई मिच्न नहुने बताए । उहाँले राष्ट्रहीत विपरित गरिने निर्णयले भविष्यमा आफैँलाई पछुतो हुने बताए । महामन्त्री थापाले रेशम चौधरीको बारेमा अदालतको पूर्ण पाठ नआइसकेका अवस्थामा अदालतलाई हेप्नुले जे गरेपनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएका प्रमाणित भएका बताए । विधिको शासन वकालत गर्ने बेलामा सरकार परिवर्तन भएर केही फरक नपर्ने बताए ।

महामन्त्री थापाले नेपाली कांग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेका बताए । उनले आजका युृवाहरुमा काँग्रेसप्रति निराशा हुनुका मुल कारण सत्ता र सरकारका लागि काँग्रेसले मरिमेट्नु रहेका उल्लेख गरे । यस्ता गल्ती, गल्ती भएकै ठाउँबाट सच्याउनुपर्ने बताए ।

उनले पार्टीमा अब पनि यस्ता गल्तीहरु स्वीकारेर अघि नबढ्ने बताए । महामन्त्री थापाले नेपाली कांग्रेसले अब कहिल्यै पनि चुनावअघि गठबन्धन नगर्ने प्रतिवद्धता जनाए ।

TAGS

टिप्पणी