इटहरी उपमहानगरपालिकले बढाएको करका विरुद्धमा स्वतन्त्र नागरिक समाज सुनसरी, ध्यानाकर्णपत्र बुझायो

सप्तकोशी न्युज संवाददाता

इटहरी । स्वतन्त्र नागरिक समाज सुनसरीले इटहरी उपमहानगरपालिकाले बढाएको कर बृद्धिका सम्बन्धमा ध्यानाकर्षण गराएको छ । समाजका अगुवाहरुको सहभागितामा इटहरी उपमहानगरपालिका उपमेयर संगीताचौधरीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै कर जनताको जीवनसँग जोडिएको विषय भएकाले व्यवहारिक र बैज्ञानिक ढंगले गर्न आग्रह समेत गरेको छ ।समाजका अध्यक्ष मोहन ढकालको संयोजकत्वमा गएको टोलीले उपमेयर चौधरीलाई बुझाएको पत्रमा विभिन्न महामारी तथा प्रकोपको चपेटा पर्दै यतिखेर आर्थिक संकटको भुमरीमा रहेका जनतालाई राहत दिनुको सट्टा करका माध्यमबाट आहात पारिएको उल्लेख छ । आर्थिक मन्दीले गर्दा व्यापार व्यवसाय चौपट्ट भएको, बैंक किस्ता समेत हाल्न नसकेको, धेरै सटरहरु बन्द भएको, छोराछोरीको स्कुल, कलेज फि तिर्न नसकिरहेको, बजार भाउ बढेर चुल्होमा आगो बाल्नै धौधौ परिरहेको अवस्थाले आत्महत्याको बाटो रोज्न विवश भईरहेको बेलामा ३०० प्रतिशत कर बढाउनु कति जिम्मेवार हो सोच्नुपर्ने पत्रमा उल्लेख छ । यसर्थ अवैज्ञानिक र अव्यहारिक कर खारेज गरी वैज्ञानिक र व्यवहारिक कर निर्धारण गर्न समाजले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको अध्यक्ष ढकालले बताए ।

टिप्पणी