इटहरी।

इटहरी उपमहानगरपालिकामा देखिएको पछिल्लो विवादप्रति थारू अन्तर्राष्ट्रिय महासभा सुनसरीले गम्भीर ध्यानाकर्षण गराएको छ। महासभाले कार्यवाहक मेयर सङ्गीता चौधरीमाथि भएको अपहेलना, लाञ्छना र असभ्य व्यवहारको कडा शब्दमा भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ।

थारू अन्तर्राष्ट्रिय महासभाका सचिव जीवन कुमारी चौधरी र सभापति देवेन्द्र चौधरीले जारी गरेको विज्ञप्तिमा इटहरी उपमहानगरपालिकाकी कार्यवाहक मेयर चौधरीलाई इमानदार, सक्षम र निष्पक्ष थारू महिला जनप्रतिनिधिका रूपमा चित्रित गर्दै, उनीमाथि भएको दुव्र्यवहार अस्वीकार्य भएको उल्लेख छ।

शाखा प्रमुखमाथि गम्भीर आरोप:

विज्ञप्तिमा शाखा प्रमुख संजीव खडकाले विभिन्न वडाहरूको सर्भर बन्द गरी जनतालाई दुःख दिने नियत देखिएको र यसमा प्रश्न उठाउँदा उनले अपमानजनक व्यवहार गरेको आरोप लगाइएको छ। साथै, आफ्ना गलत क्रियाकलाप ढाकछोप गर्न जनप्रतिनिधिहरूलाई आरोप लगाउने उनको प्रवृत्तिलाई समेत महासभाले अस्वीकार्य भनेको छ।

सुशासनमा गम्भीर असर:

थारू अन्तर्राष्ट्रिय महासभाले यस्तो गैरजिम्मेवार र दादागिरीपूर्ण प्रवृत्तिले नगरको सुशासनमा गम्भीर असर पार्ने चेतावनी दिएको छ। महासभाले सम्बन्धित पक्षलाई समयमा नै कारबाहीको कदम चाल्न आग्रह गर्दै, अन्यथा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ।

महासभाका मागहरू

महासभाले राखेका प्रमुख मागहरू यस प्रकार छन्:

१. कार्यवाहक मेयर सङ्गीता चौधरीमाथि अपमानजनक व्यवहार गर्ने कर्मचारीमाथि कडा कानुनी कारबाही गरी तुरुन्त निलम्बन प्रक्रिया अघि बढाउन हुन।

२. जनताको समस्या समाधान गर्नुको सट्टा दुःख दिने नियतले काम गर्ने कर्मचारीहरूको मनपरी रोक्न तत्काल प्रभावकारी कदम चाल्न हुन।

साथै  थारू अन्तर्राष्ट्रिय महासभाले सम्बन्धित सबै निकायहरूलाई छिटोभन्दा छिटो समस्याको गम्भीरता लाई बुझि उचित कदम चाल्न आग्रह गरेको छ।

" /> Saptakoshinews

थारू अन्तर्राष्ट्रिय महासभा सुनसरीद्वारा इटहरी उपमहानगरपालिकाको विवाद प्रति आपत्ति

TAGS

टिप्पणी