मोरंगको रंगेलीमा ट्याक्टरको ठक्करले एक जना पैदल यात्रीको धटनास्थलमै मृत्यु

सप्तकोशी न्युज डेस्क 

इटहरी । मोरङको रंगेली न. पा. ८ स्थित वडाकार्यलय अगाडि एक पैदल यात्रुलाई ट्याक्टरले ठक्कर दिएको छ। ट्याक्टरको  ठक्कर बाट घट्ना  स्थलमा नै मृत्यु भएको हो।

रंगेलीको वडाकार्यालय अगाडिको पूर्वबाट पश्चिमतर्फ जादै गरेको ट्याक्टरले पैदल यात्री स्थानी झमनपुर बस्ने ६८ बर्षीय नारायण राजवंशीलाई ठक्कर दिदा उनको धटना स्थलमै मृत्यु भएको प्रहरीले बताए। 

रंगेलीको ना. ६ त. ५४९ नम्बरको ट्याक्टर चालक धनपालथान-४ बस्ने २५ बर्षीय  अजय चौधरी र सह-चालक रंगेली-२ बस्ने ३६ बर्षीय मोहमद अमिरलाई रंगेली प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले बताए ।

टिप्पणी