५०० रुपैयाँ जरिवाना तिरेर छुटे श्रीनिवास आचार्य


सप्तकोशी न्युज डेक्स 

सुनसरी । हिन्दु धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन् ।

उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका श्रीनिवास आज बिहिबार ५०० रुपैयाँ जरिवाना तिरेर छुटेका हुन् ।जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई ५ सय रुपैयाँ जरिवाना तिराएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको विरोध कार्यक्रममा हिंसात्मक अभिव्यक्ति दिएको आरोपमा मंगलबार प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट पक्राउ गरेको थियो ।

टिप्पणी