छायांकन नसकिंदै ‘भष्मे डन’ ठूला अन्तर्राष्ट्रिय बजारमा बिक्री

काठमाडौं । फिल्म छायांकन नसकिंदै ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखला ‘भष्मेडन’ ठूला अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको छ । दशैंको छेको पारेर यो फिल्म आगामी कात्तिक ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुँदैछ । निर्देशक दीपेन्द्र के खनालले स्वदेशसहित अधिकांश विदेशी बजारमा सोही दिनमा प्रदर्शन गरिने बताए ।

उनका अनुसार फिल्मको विदेश राइट्स बिक्रीबापत दुई करोड रुपैयाँभन्दा बढी नेट कलेक्सन भएको छ । अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, मध्यपूर्व, मलेसिया र युरोपेली मुलुकमा फिल्म प्रदर्शन निश्चित भएको हो । ‘नेपालसहित सोही दिनमा यी सबै क्षेत्रमा रिलिज हुनेछ। 

TAGS

टिप्पणी