विराटनगर क्षेत्रका विद्यालयमा तीन दिन बिदा दिने महानगरको निर्णय

सप्तकोशी न्युज डेक्स

विराटनगर । शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ । 

आज एक सूचना जारी गर्दै महानगरले बुधबारदेखि शुक्रवारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो ।

अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको महानगरले जनाएको छ ।  ( सुलभ रिजाल )

टिप्पणी