आजदेखि, लुम्बिनी प्रदेशको अधिवेशन कोशीमा भने अधिवेशन आह्वान


सप्तकोशी न्युज डेक्स

बिराजनगर । दाङको देउखुरीस्थित नवनिर्मित भवनमा प्रदेश अधिवेशन बस्न लागेको हो । 

लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन शुक्रबारबाट सुरू हुँदैछ ।

बर्खे अधिवेशनको पहिलो बैठकमा नवगठित मन्त्रिपरिषदको जानकारी दिने र केही विधेयकहरु पेश गर्ने कार्यसूचि रहेको छ ।

यता, कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको हो । उनले जेठ १४ गते आइतबार दिउँसो २ बजेका लागि उहाँले बजेट अधिवेशन आह्वान गरेको हो ।

प्रदेश मन्त्रीपरिषद् बैठकले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए । प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रदेशसभाको पहिलो अधिवेशन गत चैत २९ गते अन्त्य भएका थिए । अधिवेशनबाट गत फागुन १७ गते प्रदेशको नामाकरण गरेका थिए ।

TAGS

टिप्पणी