
सप्तकोशी न्युज संवाददाता
इटहरी । लियो \लायन्स क्लब अफ इटहरीको संयुक्त आयोजनामा इटहरीमा न्यायिक समितिमा महिला र युवा सहभागिता विषयक संवाद शृंखला कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय पालिकाहरुमा नयाँ जनप्रतिनिधिको आगमनसँगै स्थानीय व्यक्तिहरुलाई न्यायिक समितिको पहुँचमा पु¥याउन के गर्नुपर्छ भन्ने सन्दर्भमा उक्त संवाद शृंखला कार्यक्रमको आयोजना गरिएको हो ।
लियो\लायन्स क्लब अफ इटहरी मनकामनाको संयुक्त आयोजनामा इटहरीको सरस्वती सदन माविको इटहरी ८ को सभाहलमा न्यायिक समितिमा महिला तथा युवा सहभागिता विषयमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।
इटहरी उपमहानगरपालिका उपमेयर संगीता चौधरीको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा संविधानसभा देखि कार्यान्वयन पक्षसम्मका व्यक्तित्वलाई आमन्त्रण गरिएको थियो । वडा नं. १४ र वडा नं. ८ का स्थानीयबासीसहित विभिन्न राजनीतिक दल, समाजसेवी, शिक्षाविद, विद्यार्थी तथा समाजका लब्ध प्रतिष्ठित गन्यमान्य व्यक्तिहरुको सो कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा संविधानसभा सदस्य, संगिता चौधरी उपमेयर, प्रहरी नायव उपरिक्षक डिएसपी माधव प्रसाद काफ्ले, सिता पौड्याल अधिवक्ता तथा नेपाल वार एसोसिएसन सदस्य, समिर साइमन घिमिरे पत्रकार, लालबहादुर विक न्यायपीडित, दिपा राई वडा सदस्य तथा मेलमिलाप संयोजक वडा नं ८ले जनताका समस्या र न्यायिक समितिका विषयमा आ–आफ्ना अनुभव र समस्याहरु राखेका थिए ।
कार्यक्रममा बोल्दै संगीता चौधरीले जम्मा २४ वटा मुद्दामा १३ वटाको निरुपण गर्ने र ११ वटा मेलमिलाप गर्नुपर्ने अख्तियारी रहेको बताईन । यद्यपि जनतासँग नजिकमा रहेका काम गर्ने भएकोले जनताका जस्तासुकै मुद्दालाई पनि हेर्ने, छलफल गरेर निरुपण वा मेलमिलाप गर्ने काम भईरहेको बताईन्् ।
वडा नं. वडा सदस्य दीपा राईले जनताको सबैभन्दा नजिकमा रहेर काम गर्ने भनेको वडा कार्यालय र सुरुमा आउने मुद्दा भनेको वडामै रहेको बताईन । उनले वडामा आएका मुद्दालाई हेरेर न्यायिक समितिमा पठाउन मिल्ने प्रकृतिका हुन वा होइन छुट्याएर मात्र पठाउने गरेको स्पष्ट पारित ।
सामाजिक क्षेत्रमा अब्बल मानिएका लियो तथा लायन्स क्लब अफ इटहरीले जनताको जनजीविकासँग प्रत्यक्ष असर पर्ने समस्याहरुलाई न्यायिक समिति मार्फत निरुपण गर्न के गर्नुपर्ला ? समस्या कत्तिको आउँछन भन्ने विषयलाई उक्त कार्यक्रममार्फत उजागर गरेको थियो । कार्यक्रम लायन्सका तर्फबाट अध्यक्ष सरोज बस्नेत, लियो संयोजक प्रज्वल न्योपाने, लियो अध्यक्ष प्रविन अधिकारीसहित पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
शेयर
सम्बन्धित समाचार

बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ को आयोजनामा सञ्चालित ७५ दिने गार्मेन्ट स्तरीय सिलाइ–कटिङ सीप विकास तालिम आज सम्पन्न

कोशी प्रदेशमै पहिलो पटक कला, साहित्य, संगीत, संस्कृतिलगायतको सहरका रुपमा इटहरी परिचित गराउने गरी एकेडेमी बनाउने तयारी

दुहबी माघी महोत्सवमा ३ जोडी युवायुवतीको सामुहिक बिवाह सहित कार्यक्रम हर्ष उल्लासका साथ सम्पन्न

स्व. मानबहादुर मगर स्मृति फुटबलकप प्रतियोगितामा बेल्टार युनाइटेड युथ क्लवलाई हराउँदै अजम्बरी युथ क्लव भागलपुर फाइनलमा

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ स्थित सडक दुर्घटनामा बाँसले पेटमा छेडिएकी एक जना महिला गम्भिर घाइते

अनाधिकृत संरचना हटाउँदा सुनसरीको दुहवीका वडाअध्यक्षमाथि राजनीतिक रिसिइबी र आफूमाथि अभद्र व्यवहार भएको वडाअध्यक्षको आरोप

वराहक्षेत्र नगरपालिका वडा नं,१ चतरा बसपार्कमा अवैध हरिणको सिङ र लागूऔषध सहित चार जना पक्राउ

धरानमा उद्योगी व्यवसायीहरुसँग अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगारीको सम्भावना विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

नेकपा एमाले कोशी प्रदेश प्रथम अधिवेशनका लागि बराहक्षेत्र नगरपालिकाबाट १२ जना प्रतिनिधि छनौट : महिलातर्फ बाट यसोधा खड्का बिजय

बराहक्षेत्र मन्दिरको प्रवर्द्धन र विकासका लागि स्थानिय वराहक्षेत्र संरक्षण मञ्चको नेतृत्वमा श्रमदान अभियान

कोशीको मुख्यमन्त्रीमा पूर्ण नियुक्त,भए हिक्मत कार्की : तीन मन्त्री र एक राज्यमन्त्री सहित लिए सपथ

पुर्वकै उत्कृस्ट पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो द्वारा तीज गीत सार्वजनिक : मादल घनघनि

बराहक्षेत्र नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय महेन्द्रनगर अब तिमल्सिनाको कमाण्डिमा चल्ने

इटहरी उपमहानगरपालिकले बढाएको करका विरुद्धमा स्वतन्त्र नागरिक समाज सुनसरी, ध्यानाकर्णपत्र बुझायो

आज राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म धरान प्रवेशमा रोक : जिल्ला अधिकारीबाट आदेश जारी

कोशी प्रदेशका मुख्यमन्त्री थापाले गरे मन्त्रीमण्डल विस्तार : गयानन्द मण्डल बने राज्यमन्त्री

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा डेंगु र आँखा पाख्ने रोगसँगै तीव्र रुपमा भाइरल ज्वरोको प्रकेप

पहाडमा अत्याघिक वर्षा हुदा कोसी कटानको जोखिममा श्रीलङ्का टापु : प्रकोपको पूर्व तयारी गर्दै

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी

आज इटहरीको जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिको निर्वाचन हुदै : क्याम्पसमा राजनिती चल खेल

बराहक्षेत्र नगरपालिकको स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि नगरप्रमुख कार्कीद्वारा संघीय सरकारलाई ध्यानाकर्षण

कोशी प्रदेशको तीन सदस्यीय मन्त्रीमण्डलमा सभामुखबाट राजिनामा दिएका गौतम बने अर्थमन्त्री

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, काेशी प्रदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ

भर्खरै आएको अविरल वर्षाका कारण १० जनाको ज्यान गएको र २६ जना बेपत्ता भएको गृहमन्त्री श्रेष्ठको भनाई

थारुलाई दासजस्तो व्यवहार गर्दैछन्, रामधुनीमा आएर रेशम चौधरीले भने कहिलेसम्म दास बन्ने ?

प्रधानमन्त्री दाहालले भने दुई पटक पारित गरेको नागरिकता विधेयक फेरि संसदमा ल्याउनु संसदकै अपमान

कानुन बमोजिम कुरा गर्नु भन्दै राष्ट्रपति कार्यालयले रेशम चौधरीलाई माफी दिने कुरा गृहमन्त्रालयमा निवेदन फिर्ता पठायो

मोरङको बुढीगंगामा ११ घण्टादेखि प्रसारण लाइनको टावरमा दिनेश माझी , अध्यक्ष र उपाध्यक्ष नआउँदा उद्दारमा समस्या
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी