इटहरी उपमहानगरमा उपमेयर र शाखा प्रमुखबीच विवाद चर्कियो

इटहरी,–इटहरी उपमहानगरपालिकामा उपमेयर सङ्गीता चौधरी र शाखा प्रमुख संजीव खड्काबीचको विवाद चर्किँदै गएको छ। उपमेयर चौधरीले शाखा प्रमुख खडकामाथि १५ वटा वडाका सर्भर बन्द गरेर जनतालाई समस्यामा पार्ने र प्रश्न उठाउँदा आफूलाई नै अपमान,मानमर्दन गरेको आरोप लगाएकी छन्।

विवादको बीचमा, शाखा प्रमुख खडकाको पक्षमा रहेका केही कर्मचारीहरूले उपमेयर चौधरीले दुर्ववहार गरेको आरोप लगाउँदै उनलाई ४८ घण्टे अल्टिमेटम दिँदै आत्मआलोचना गर्न माग गरेका छन्। तर, उपमेयर चौधरी भने खडकामाथि कारबाही हुनुपर्ने अडानमा अडिग रहेको बताइन्छ।

आरोप वादविवादको क्रममा, उपमेयर चौधरीले विद्यालय नर्स र सामुदायिक नर्सहरूको भर्तीमा खडकाले आफ्ना आफन्त र  निजले सिफारिस गरेका व्यक्तिहरूलाई प्राथमिकता दिएको आरोप पनि लगाएकी छन्। यस विषयमा, विभिन्न स्थानीय मिडियामा अन्तवार्ता दिँदै उपमेयरले नर्स भर्नामा अनियमितताको आरोप लगाएका छन्, जसको छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश गुनासो प्रमुख देवराज अधिकारीले सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गरेका छन्।

थारू संघ-संस्थाहरूले पनि उक्त विवादप्रति गम्भीर ध्यानाकर्षण गर्दै शाखा प्रमुख खडकाको गैरजिम्मेवार र दादागिरीपूर्ण व्यवहारले नगरको सुशासनमा गम्भीर असर पारेको दाबी गरेका छन्। उनीहरूले खडकामाथि कारबाही नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएका छन्।

त्यस्तै सार्वजनिक सेवामा उत्पन्न यस विवादले जनतामा निराशा फैलाएको र सेवाग्राहीहरूले सास्ती भोग्नु परेकोले   सम्बन्धित पक्षले समस्याको गम्भीरतालाई बुझेर तुरुन्त प्रभावकारी कदम चाल्न राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी   उपमहानगर समितिले माग गरेका छन।

" /> Saptakoshinews

TAGS

टिप्पणी