उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई उदयपुरका प्रमुख शम्भुनाथ थापा मगर र ईलाका प्रहरी कार्यालय चौनपा प्रमुख प्र.नि. ओम प्रकाश पुन मगरलाई कदर-पत्र सहित सम्मान गरिएको थियो ।

नेपाल मगर संघ चौनपा नगर समितिका अध्यक्ष चित्र बहादुर केप्छाकी मगरको सभापतित्व रहेको सो कार्यक्रममा इकाई प्रमुख  थापा मगर प्रमुख अतिथि र प्रहरी कार्यालय प्रमुख पुन मगर विशिष्ट अतिथि रहनुभएको  थियो ।

यही भाद्र २३ गते भुपु सैनिक भवन बेल्टारमा आयोजित कार्यक्रममा वडा समिति पदाधिकारी तथा मगर समुदायको व्यक्तित्वहरूको उपस्थिति रहेको नेपाल मगर संघ चौदण्डीगढी नगर समिति का सचिव नगेन्द्र घागा मगरले जानकारी दिनु भएको छ ।

" /> Saptakoshinews

मगर संघ चौदण्डीगढी नगरसमितिको भेटघाट कार्यक्रम सम्पन्न

सप्तकोशी न्युज डेक्स ( बिबेक चौधरी )

इटहरी । उदयपुरमा नेपाल मगर संघ चौदण्डीगढी नगर समितिद्वारा आयोजित "भेटघाट तथा सम्मान कार्यक्रम" भव्यताको साथ सम्पन्न भएको छ ।

टिप्पणी